काठमाडौंका हलमा चल्न थाले हिन्दी फिल्म
जानकारी केन्द्र
२०८०, असार, ८
काठमाण्डौ । काठमाडौंका हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आएको छ । काठमाडौंका हलमा बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन् ।
बिहीबार चलचित्र संघको बैठकले आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो । काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा ’जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए ।
बिहीबार उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेसँगै आजदेखि हिन्दी फिल्म प्रदर्शन हुन लागेको हो ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

