Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

बालेनले हर्कलाई भने- ‘तपाईंको सुखमा सबै होलान्, दु:खमा म छु’

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, असार, ११
बालेनले हर्कलाई भने- ‘तपाईंको सुखमा सबै होलान्, दु:खमा म छु’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दु:खमा साथ दिन तयार रहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दलले उल्टै मुद्दा हालेको गुनासो गरेका थिए ।

‘पसिनाको भेल बगाएर अनेक दुस्ख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाइ दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नू,’ साम्पाङले लेखेका छन् ।

उनको पोस्टमा प्रतिक्रिया जनाउँदै बालेनले आफू दुस्खमा साथ दिने बताएका हुन् । ‘केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर, केही फरक पर्दैन । तपाईं यति अगाडि पुगिसक्नु भो कि, पछाडि जसले जे बोले पनि फरक पर्दैन । सुखमा सबै साथ होलान्, दुस्खमा हामी छौँ, म छु, सधैँ हुनेछौँ,’ बालेनले भनेका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स