• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १ दिन 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १ दिन 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. दिउँसोदेखि राति अबेरसम्म ठाउँठाउँमा ट्राफिक चेकजाँच, एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

  • ३. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • ४. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ५. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ६. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ७. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ८. नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

  • ९. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • १०. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

जलहरी प्रकरण : सुरूवातदेखि अहिलेसम्मको नालीबेली

जानकारी केन्द्र २०८०, असार, १२

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले गत जेठ १० गतेको प्रतिनिधिसभामा बोल्दै भने, ‘उहाँ (केपी ओली) सरकारमा बस्दाखेरी कति भ्रष्टचारका काण्डहरू आए। यति, ओम्नी, स्वास्थ्य सामग्रीका २ अर्ब भ्रष्टाचार। त्यति मात्र होइन, पशुपतिको जलहरी लगाउँदा पनि सुनको लगाउने भनेर पित्तल लाएर गरेका सयौं भ्रष्टचारहरू छन्।’

सांसद दाहालले यत्ति भनेपछि संसद्‍मा एमाले तात्यो। दाहालको सो भनाई एमालेले प्रतिनिधिसभा बैठकको रेकर्डबाट हटाउन बाध्य बनाउनुका साथै सो सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्‍बाट सम्बोधन गर्न बाध्य बनायो।

त्यसपछि पशुपतिनाथको मन्दिरमा लगाएको सुनको जलहरी प्रकरणले राजनीतिक बजार तात्यो।

जलहरी प्रकरणको नालीबेली :
प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १३ गते पशुपतिनाथ मन्दिरको पूजा गरेर बाहिर आएर मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरे।

त्यसपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालको नेतृत्वमा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले ओलीले घोषणा गरेकै भोलिपल्ट अर्थात माघ १४ गते निर्णय गर्यो, ‘आराध्यदेव भगवान श्रीपशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीलाई सुनको जलहरी बनाई राख्ने सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट बेला–बेलामा चासो राख्ने गर्नुभएको र यस कार्यका लागि कोषले पहल गरिरहेको तथा मिति २०७७ माघ १२ गतेका दिन सम्माननीय प्रधानमन्त्रीज्यूबाट भगवान श्रीपशुपतिनाथको मन्दिर निरीक्षण तथा अनुगमनका क्रममा सुनको जलहरी निर्माण गर्ने कार्यका लागि नेपाल सरकारबाट रु।३० करोड उपलब्ध गराउने व्यहोरा अवगत गराउनुभएकोले सुनको जलहरी निर्माण गर्ने कार्य अघि बढाउने निर्णय गरियो।’

सो सँगै सुनको जलहरी निर्माणका लागि अनुमानित १ सय ८ केजी सुन लाग्ने र सो सुन खरिदका लागि पशुपति क्षेत्र विकास कोषले ५० करोड, नेपाल सरकारको ३० करोड र नपुग रकम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरियो।

सोही बैठकले अर्को निर्णयपनि गर्यो, ‘नेपाल राष्ट्र बैंकबाट आवश्यक सुन खरिदका लागि एम.ओ.यू.; गर्न कोषका सदस्य सचिवलाई अधिकार दिने।’

सो पश्चात माथिको निर्णयमा टेक्दै सोही वर्ष माघ २६ पशुपति क्षेत्र विकास कोष र नेपाल राष्ट्र बैंकबीच १ सय ८ केजी सुन खरिदरबिक्रिका लागि सम्झौतापत्रमा हस्ताक्षर भयो।

सो सम्झौतमा पत्रमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा प्रदीप ढकाल र नेपाल राष्ट्र बैंककमा कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले हस्ताक्षर गरे।

कोषले जलहरी निर्माण कार्यको लागि उक्त वर्ष राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू। ८० करोड ११ हजारमा खरिद गर्यो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनियो।

राष्ट्र बैंकबाट सुन किनेपछि पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणका लागि माघ २९ गतेदेखि कार्य सुरू गर्यो।

कोषले पाटन औद्योगीक क्षेत्रमा रहेको एक रोलिङ मिल्सबाट जलहरी निर्माणको काम सकायो। कोषले फागुन २७ गते शिवरात्रिको अवसर पारेर पशुपतिमा जलहरी लगाउने तयारी गरिरहँदा फागुन ११ गते तत्कालिन बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले जलहरी राख्ने निर्णय रोक्न सर्वोच्च अदालतमा मुद्दा दर्ता गरे। मुद्दा दर्ताभएकै भोलिपल्ट सर्वोच्चले पेशी तोक्यो।

सर्वोच्चको पेशी देखेर तर्सिदैं हतारहतार कोषले भोलिपल्ट अर्थात फागुन १२ गतेनै जलहरी राख्ने तयारी गर्यो। त्यसपछि कोषले १२ गते मध्यान्ह ११स्४५ बजे शाइत भएको भन्दै तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएर क्षमापूजा गरेपछि मन्दिरमा जलहरी लगायो।

जलहरी लगाएकै ४ घण्टापछि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दियो। भण्डारीको इजलासले यसमा तत्कालिन प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयसँग लिखित जवाफ पनि माग्नुका साथै छलफलका लागि दुबै पक्षलाई फागुन १७ गते बोलायो।

जलहरी : कहाँ छ र के हो?
पशुपतिनाथ मन्दिर कुनै वेला तीन तलाको रहेको बताइन्छ। तर, जीर्णोद्धार गर्दा राजा शिवसिंह मल्लकी रानी गंगारानीले विस १७१२ मा दुई तल्ला मात्रै बनाउन सकिएको इतिहासकारहरू बताउछन्।

हाल पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्ग अवस्थित पीठिकामा सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी थियो।

जलहरीलाई चाँदीले मोड्ने परम्परा मल्ल वा लिच्छवि कालदेखिकै हो। वि.सं. १८३८ मा राजा रणबहादुर शाहका पालमा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको जलहरी जीर्ण भएपछि २०२४ माघ शुक्ल पञ्चमीकै दिनमा तत्कालिन राजा महेन्द्रले मर्मत गरिए फेरि चाँदीको जलहरी चढाएका थियो।

मन्दिरका चार जना मुख्य पूजारीले मात्र छोएर राख्न मिल्ने जलहरी सर्वसाधारणले सजिलै देख्दैनन्। जुन ठाउँमा उभिएर सर्वसाधारणले पशुपति दर्शन गर्छन्, त्यहाँबाट जलहरी देखिँदैन।

शिवलिङ्गमा माथिबाट जलधारा गर्ने र पीँधमा निकास भएको धातुबाट निर्मित विशेष पात्रलाई जलहरी भनिन्छ।

जलहरीबाट पशुपतिनाथको मुख्य शिवलिङ्गमा चढाइएको जल तथा पञ्चामृत मन्दिरमुनि रहेको ब्रह्मनालमा पुगेर वाग्मती नदीमा मिसिन्छ।

जलहरी विवाद :
कोषले सुनको जलहरी राख्ने निर्णय गर्दा तत्कालीन प्रदेशसभा सदस्य वैद्य र अधिवक्ता ढुङ्गानाले सुनको जलहरीले प्रतिस्थापन गर्ने निर्णय प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत भएको बताउँदै सर्वोच्चमा मुद्दा दायर गरेसँगै सुनको जलहरी बिवादमा आएको हो।

सुनको जलहरी निर्माणपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा पर्यो। अख्तियारले मुद्दा परेपछि २०७८ असार २४ गते पशुपति क्षेत्र विकास कोषलाई पत्र लेख्दै पशुपतिनाथको गर्भगृहस्थित शिवलिंगमा राखिएको सुनको जलहरीमा अनियमितता भएको आशंका गर्दै सुन खरिद प्रक्रियाको बारेमा विवरण मागेको तत्कालिन सदस्य सचिव ढकालले सञ्चारमाध्यममा बताएका थिए।

सोपछि अख्तियारले जलहरीको विषयमा खास्सै चाँसो नदिँदा महालेखापरीक्षकको कार्यालय ५९औं वार्षिक प्रतिवेदन, २०७९ मा को पृष्ठ ५ सय १६ मा कोषले राष्ट्र बैङ्कबाट १०३।७७३ किलोग्रा सुन रू ८० करोड ११ हजारमा खरिद गरेको र निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६।८२२ किलोग्राम रहेको र बाँकी रहेको सुन १०।९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख गरिएको छ।

रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य रू ७ करोड ८६ लाख ४६ हजार रहेको र जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विविरण पेस नगरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, महालेखा परीक्षकको प्रतिवेदनमै जलहरीको निर्माण पाटन औद्योगिक क्षेत्रको एक रोलिङ्ग मिल्समार्फत गराएकोमा मिल्सँससँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेस नगरेको उल्लेख गरिएको छ।

महालेखा परीक्षकको प्रतिवेदनमा यी कुराहरू उल्लेख हुँदा सदनमा सांसदहरूले जलहरी प्रकरणको कुरा उठाए। माओवादी सांसद दाहालले उठाएको प्रसंगसँगै सांसदहरूले संसदमा विभिन्न धारणाहरू राखिरहेका छन्। कतिपय सांसदहरूले संसदीय समिति बनाइनै छलफल गर्नुपर्ने बताइरहँदा अख्तियारको टोलीले आइतबार साझ पशुपतिनाथको मन्दिरमा लगेर जलहरीको नापतौल गरेको थियो।

तर, अहिलेसम्म अख्तियारले नापतौल गरेको जलहरीको आधिकारीक बिवरणभने सार्वजनिक भइसकेको छैन।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.