विवाहमण्डपमै बेहुलाले ५० लाख दाइजो मागेपछि …
काठमाडौं । मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने निर्णय गरेका बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी दुहवी नगरपालिका ६ स्थायी घर भएका र हाल काठमाडौं महानगरपालिका १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रौनियार अमेरिकी ग्रीन कार्ड प्राप्त व्यक्ति हुन् । नक्सालस्थित लिसरा रिसेप्शन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले विवाहमा आफूहरूले मागेजति दाइजो नदिएको र जन्तीलाई राम्रो स्वागत समेत नगरेको भन्दै विवाद गरेको थियो ।
यस्तै रौनियारले ५० लाख रुपैयाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएर बसेको र बेहुलीलाई समेत गाली बेइज्जती र हातपात गरेको अवस्थामा प्रहरी वृत्त मालीगाउँको प्रहरी अधिकृतको टोलीले रौनियारलाई पक्राउ गरेको हो ।
उक्त विवाहमा बेहुला पक्षले विवाह खर्च बापत पटक पटक गरी २२ लाख रुपैयाँ लगिसकेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
