टायर पड्किएर बस पल्टिँयो, आगलागीमा परी २५ यात्रुको निधन
एजेन्सी । भारतको महाराष्ट्रको बुलढानामा शुक्रबार राति बस दुर्घटनापछि भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ । यवतमालबाट पुणे जाँदै गरेको बस पोलमा ठोक्किँएर डिभाइडर चढेर पल्टिँदा आगलागी भएको हो ।
बसमा ३३ जना सवार थिए, जसमा जलेर २५ जनाको घटनास्थलमै मृत्यु भएको दैनिक भाष्करले लेखेको छ । बसको झ्यालको सिसा फुटाएर आठ जनाले भने ज्यान बचाएका छन् ।
बुलढाना जिल्लाको सिन्दखेडराजा नजिकैको पिम्पलखुटा गाउँ नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा बस दुर्घटना भएको हो । बुलढानाका एसपी सुनील कडासेनले दुर्घटनामा बसका चालक भने बाँच्न सफल भएका बताए । टायर पड्किएर बस पल्टिँदा बसमा आगो लागेको उनले बताए ।
प्रत्यक्षदर्शीका अनुसार चालकले बसमा सन्तुलन गुमाएका थिए । बस पहिले फलामको पोलमा ठोक्किँएको थियो । आगोको बीचमा बनेको कंक्रिट डिभाइडरसँग ठोक्किँएपछि पल्टिएको हो ।
बस बायाँतिर घुम्यो र जसका कारण ढोका भुईंतिर परेकाले यात्रुहरू बस बाहिर निस्किन नसक्दा मृत्यु संख्या बढेको जनाइएको छ । शव जलेका कारण पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

