लर्ड्स टेस्ट : डकेट कसरी बचे, स्टार्कको क्याचमा किन हुँदैछ विवाद, के छ यस्मा नियम ?
एजेन्सी । लर्ड्स टेस्टको चौथो दिनमा अष्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीनले बेन डकेटलाई शॉर्ट बल गरे, जसमा डकेटले फाइन लेगको जस्तै र्याम्प शट खेले । बल हावामा गयो र त्यहाँ तैनाथ मिचेल स्टार्कले आफ्नो बायाँ तर्फ तीव्र गतिमा दौडदै क्याच लिए । तर, रिप्लेमा बलले जमिनसँग सम्पर्क गरेको देखियो । क्याच पूरा गरेपछि बलले जमिन छोएको थियो ।
फिल्ड अम्पायरले डकेटलाई आउट दिए । तर तेस्रो अम्पायरले क्रस चेक गर्दा स्टार्कले क्याच समातेको पत्ता लाग्यो । तर, जब बल मैदानको सम्पर्कमा आयो, स्टार्क पूर्ण नियन्त्रणमा थिएनन् । त्यही आधारमा डकेटले जीवन दान पाए र तेस्रो अम्पायरले उनलाई नटआउट घोषित गरे ।
अहिले यसैका विषयमा विवाद बढ्दै गएपछि क्रिकेटको नियम बनाउने संस्था मेरिलेबोन क्रिकेट क्लब वा एमसीसीले पनि स्पष्टीकरण दिनुपर्यो । क्याचलाई लिएर किन यति धेरै विवाद भइरहेको छ ? एमसीसीको नियमले के भन्छ ? जानौं ।
क्याचको बारेमा नियमले के भन्छ ?
क्याचको विवादपछि एमसीसीले ट्विट गर्दै नियमको व्याख्या गरेको छ । एमसीसीको क्याचको नियम ३३।३ मा फिल्डरको बल र गतिमा पूर्ण नियन्त्रण हुँदा मात्रै क्याच पूरा हुन्छ भनी स्पष्ट लेखिएको छ ।
यसअघि बलले जमिन छुन सक्दैन । यस अवस्थामा, बलले जमिनसँग सम्पर्क गर्दा स्टार्क फिसलिरहेका थिए, जसको अर्थ उनीसँग बल र गतिमा पूर्ण नियन्त्रण थिएन । जसका कारण ब्याट्सम्यानलाई नटआउट घोषित गरिएको थियो ।
अम्पायरको निर्णयबाट म्याकग्रा रिसाए
अष्ट्रेलियाका पूर्व फास्ट बलर ग्लेन म्याकग्रा थर्ड अम्पायरको निर्णयबाट रिसाए र यसलाई हास्यास्पद भने । बीबीसीसँग कुरा गर्दै म्याकग्राले भने( ‘मलाई माफ गर्नुहोस्, यो मैले देखेको सबैभन्दा ठूलो फोहोरको थुप्रो हो । बल स्टार्कको नियन्त्रणमा थियो । यो अपमानजनक छ । मलाई माफ गर्नुहोस्, यो आपत्तिजनक छ । म यो विश्वास गर्न सक्दिन । यो हास्यास्पद छ ।’
नियमका विषयमा विवाद
क्याचलाई लिएर एमसीसीको नियममा प्रश्न उठिरहेको छ । जो रुटलाई लर्ड्स टेस्टको पहिलो इनिङ्समा स्टिभ स्मिथले क्याच आउट गरेका थिए जसलाई तेस्रो अम्पायरले समीक्षापछि आउट दिएका थिए । त्यस्तै एजब्यास्टनमा मिचेल स्टार्कले जस्तै तेस्रो अम्पायरले मार्नस लाबुसेनको क्याच सही नभएको भन्दै ब्याट्सम्यानलाई नटआउट दिएका थिए ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

