‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो
मलेखु । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् ।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै आएकामा अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको छ । रोगका कारण दुहुना गाई र भैँसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको छ ।
“रोग फैलिनुअघि दैनिक एक लाख लिटर दूध उत्पादन हुने अनुमानित तथ्याङ्क थियो, तर अहिले थोरैमा ३० प्रतिशत र बढीमा ४० प्रतिशतसम्म दूधको उत्पादन घटेको अनुमान लगाउन सकिन्छ”, पशु विकास अधिकृत डा।सन्दिप सिलवालले भने, “रोगको सङ्क्रमण बढ्नेक्रम नरोकिएकाले दूधको उत्पादन अझ घट्न सक्छ ।”
भेटेरिनरी अस्पतालमा सङ्कलन भएको तथ्याङ्कअनुसार हालसम्म धादिङ जिल्लामा आठ हजारभन्दा बढी गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी सङ्क्रमण दुधालु गाई, भैँसीमा देखिएको सिलवालले जानकारी दिए । गाउँगाउँमा खटिएका प्राविधिकले पनि दूधको उत्पादनमा ५० प्रतिशतभन्दा बढीले घटेको बताएका छन् ।
गोरुभन्दा गाईमा नै सङ्क्रमण बढी देखिएको नीलकण्ठ नगरपालिका–८ का पशु स्वयंसेवक इशु तामाङले बताए । “म जहाँ पुगेको छु त्यहाँ दुधालु पशु नै धेरै मरेको पाएको छु, सङ्क्रमणको दर बराबर जस्तै भए पनि असर दुधालु पशुमा नै देखिएको छ”, तामाङ भने, “दूध दिइरहेका र ब्याउने बेला भएका गाईमा रोगको सङ्क्रमण देखिए पनि किसान चिन्तामा छन् ।”
स्थानीय तहले समयमै जानकारी नदिँदा जिल्लाको एकीन तथ्याङ्क आउन नसकेको पशु विकास अधिकृत डा. सिलवालले बताए। जिल्लामा भएका १३ वटै स्थानीय तहले भेटेरिनरी अस्पताललाई जानकारी गर्नुपर्ने भए पनि स्थानीय तहबाट तथ्याङ्क लिनै कठिन भइरहेको उनको भनाइ छ ।
स्थानीय तहहरुले रोग नियन्त्रणका लागि गाउँगाउँमा प्राविधिक परिचालन गरिरहेको भने पनि रोग नियन्त्रण हुन सकेको छैन । विगत तीन महिनादेखि रोग देखा परे पनि हालसम्म यसको सङ्क्रमण बढ्दो नै छ । रासस
सम्बन्धित समाचार
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


