एक युवतीले विवाह प्रस्ताव नमानेपछि प्रेमी र उनको आमामाथि छर्किन पेट्रोल
दाङ । दाङमा एक युवतीले आफ्नो विवाह प्रस्ताव नमानेको झोकमा आफ्ना प्रेमी र उनको आमालाई पेट्रोल छर्केर ज्यान लिन खोजेकी छन् । गम्भीर घटना भए पनि प्रहरीले दुवै पक्षलाई मिलापत्र गराएको छ ।
ती युवतीले प्रेमी र उनको आमालाई मात्र जलाउन खोजेको नभइ अन्त्यमा पेट्रोल छर्केर आफै आत्मदाह गर्ने प्रयास समेत गरेकी थिइन् । युवती घोराहीका विशाल अग्रवालसँग प्रेममा रहेकी थिइन् ।
ती युवती डिभोर्सी हुन् भन्ने थाहा पाएपछि विशालले उनीसँगको भेटघाट कम गरेका थिए । त्यसपछि गत जेठ १५ गते उनले विशाललाई विवाहको प्रस्ताव राखिन् । विशालले उनको प्रस्तावको कुनै जवाफ दिएनन् ।
त्यसपछि ती युवतीले घोराहीको बैंक रोडमा रहेको विशालको कपडा पसलमा पुगेर विशाल र उनकी आमालाई पेट्रोल छर्केर जलाउने प्रयास गरिन् । उनीहरू सामान्य घाइते भए ।
त्यसपछि उनी आफैंले समेत पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेकी थिइन् । तर, यो घटनालाई जिल्ला प्रहरी कार्यालय दाङले मिलापत्र गरेर टुंगायो । घटनापछि विशाललाई प्रहरी चौकीमा लगिएको थियो ।
उनले युवतीविरुद्ध मुद्दा हाल्ने भएपछि अन्तिममा प्रहरीले घटना बारे कुनै अनुसन्धान गरेन । जिल्ला प्रहरी कार्यालय दाङले भने दुवै पक्षले जाहेरी नदिएपछि मुद्दा दर्ता नभइ यो घटना मिलापत्रमा सकिएको जनाएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

