• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

  • २. काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई सहयोग

  • ३. देशैभर मौसम बदली : यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. Dongfeng Motor has launched Munich design center in European markets

  • ५. चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

  • ६. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ८. नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर

  • ९. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

जानकारी केन्द्र २०८०, असार, २०

काठमाडौँ । पौराणिक कथा तथा किंवदन्तीहरूमा विश्वास गर्ने हो भने मानिसको सरदर आयु एक सय वर्ष हो । मन र शरीर स्वस्थ्य रहेमा त्यसभन्दा बढी पनि बाँचेका उदाहरणहरू छन् । कोही बुढ्यौली उमेरलाई ‘दिन काट्ने काल पर्खने’ भन्छन् त कोही ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश ।’ तथापि स्वस्थ्य मानिसहरूलाई उमेरले केही गर्दैन । प्रौढ मानिसले अरूलाई दिन सक्ने खास चिज हो –अनुभव । त्यो पनि लिखित रूपमा आएमा भविष्यका पुस्तालाई उपयोगी हुने छ ।

नेपालबाट बालकै कालमा म्यान्मा पुगी पुनः नेपालको मोरङ हुँदै हाल ललितपुर, कुुसुन्ती आइपुगेकी इन्द्रमाया पौड्यालले आफ्नो सय वर्षे जीवनका तिनै अनुभव पस्केर पाठकहरूलाई गुन लगाएक िछन् । ‘शताब्दी –यात्रा’ (प्रकाशक स्वयं, २०८०) एउटी वृद्धाको देशविदेशमा रहँदाको दुःख, सङ्घर्ष र आनन्दानुभूतिको पनि कथा हो ।

मूल माइतीघर नेपालको ताप्लेजुङ भएकी पौड्याल सानैमा परिवारसाथ म्यान्मा पुगी उतै बिहावारी भई पछि भारत हुँदै नेपाल फर्किएकी हुन् । नेपाल–भारत–म्यान्मा–भारत हुँदै फेरि नेपाल आइपुगेकी उनी अन्य नेपाली नारीभन्दा यस अर्थमा फरक छिन कि गीता पाठ गर्छिन, हिन्दू संस्कारका कर्मकाण्ड गराउँछिन् । महिलाहरूलाई स्वस्थानी व्रत समापन गराइदिने, बालकहरूको व्रतबन्ध गराइदिने, जनै बाट्ने जस्ता पुरुषले गर्ने काम पनि गर्न सक्ने उनको विशेषता थियो । उनको जिकिर छ, मूल संस्कृत रामायणमा नभएको दुई प्रसङ्ग भानुभक्तको ‘रामायण’ मा छैनन्– पहिलो रावणपत्नी मन्दोदरीको बालिसँगको सहबासपछि छोरा अङ्गद जन्मेको कुरा र दोस्रो ब्रह्माले रावणलाई दिएको कालवाण आफ्नो राजमहल निर्माण गर्दा जगमा लुकाएर राखेको कुरा । यदि यसो हो भने छुटेका कुरा थप्न सके भानुभक्तको ‘रामायण’ ले अझ पूर्णता पाउँथ्यो ।

आफूले जन्माएका पाँच छोराछोरी सानैमा बितेको, पतिको युवावस्थामा निधन भएको र परिवारका अन्य सदस्यको पनि मृत्यु भएको –यस्तो पीडा खपेकी ‘माता’ ले नेपालमा विसं १९९० र ०७२ को भूकम्प तथा ‘बर्मा’ मा दोस्रो विश्वयुद्धको त्रासदी पनि भोगिन् । राजा महेन्द्रका प्रयासबाट अन्य नेपाली परिवारका साथ भारत कोलकाता हुँदै नेपाल फिर्ती भएकी उनको ११ जनाको परिवार मोरङ, तत्कालीन बर्दङ्गा गाउँपालिका, कल्याणपुर फक्र्यो र झोडा फाँडेर बस्न थाल्यो र ऋण लिएर बस्यो, साहुले जाली तमसुक बनाएर घरबार उठायो र कनिका खाँदै दुःखका अरू दिन काट्यो । तैपनि उनले ससानो चियापसल गर्दै गाउँका बालबालिकालाई कखरा, नेपाली र संस्कृत भाषा पढाउँदै जीवन चलाईन्। उनकै पिता दामोदर खतिवडाले काले राई (डा स्वामी प्रपन्नाचार्य)  लाई बालकैमा पढाएका रहेछन् । “शिक्षाले मानिसलाई आँट, साहस दिन्छ । सोचको दायरालाई र दृष्टिकोणलाई फराकिलो बनाउँछ । नारी शिक्षाको महत्त्व कति छ भन्ने कुरा मैले आफ्नै जीवनबाट अनुभव गरेकी छु”, शतवर्षीया लेखिका पौड्याल भन्छिन् ।

पछि ज्वाइँछोरीहरूका सहायताले बेलायत, अस्ट्रेलिया भ्रमणका साथै भारत र नेपालका केही तीर्थस्थलको भ्रमण गरेकी उनले केही दुर्घटना र स्वास्थ्य समस्या पनि निकै भोगिन् । कान्छी छोरी बिमला पौड्यालले अन्तरजातीय विवाह गर्दा निकै पछि मात्र आफूले समर्थन दिएको, उनी परराष्ट्रमन्त्री हुँदा घरमा परिवारसहित खीर खाएको, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको, अङ्कबाट पनि भाषा अर्थात् कुराकानी गर्ने सूत्र जानेको जस्ता अन्य रोचक प्रसङ्ग पनि कृतिमा उल्लेख छ ।

कृतिको भूमिकामा पूर्वसांसद विन्दा पाण्डे(पिएचडी)  लेख्छिन्, “जीवन बुझ्नु पहिला नै विवाह, प्रवासी जीवनले सँगालेका अनुभव, युद्धभूमिमा सामान्य नागरिकको जीवन र देश फर्कँदाको त्यो त्रासदीपूर्ण अवधिमा धैर्यमा तैरिएर पारि किनारा पुगेको जीवन साँच्चै साहसिक लाग्छ।” अरुणिमा बस्ती, कुसुन्तीमा मातासँग एउटै आवासीय क्षेत्रमा रहेका वरिष्ठ पत्रकार युवराज घिमिरे पुस्तक एक व्यक्ति, एक नारी, एक योद्धा र एक विदूषी र एक आमाको रहेको रहेको जनाएधका छन् भने पत्रकार अमृता लम्साल आइपर्ने कुनै पनि कठिन परिस्थितिमा आत्तिनुहुन्न र सुखद परिस्थितिमा मात्तिन हुन्न भन्ने पाठ उनको भोगाइले पढाउने विश्वास व्यक्त गर्छिन् ।

पत्रकार शुभेच्छाविन्दु तुलाधरले सम्पादन गरेको कृतिमा केही शब्दगत (अष्टवेद’–हुनुपर्ने अश्वमेध), वर्णविन्यासगत र व्याकरणगत त्रुटि तथा पुनरुक्ति जस्ता दोष छन् । आवरणपृष्ठमा कृतिको शीर्षक अपेक्षाकृत सानो अक्षरमा र लेखिकाको नाम कोष्ठमा राखिनुपर्नाको कारण बुझिएन । लेखिकाको वंशावली, सम्बन्धित तस्बिर र पत्रहरूले कृतिलाई अझ ओजपूर्ण बनाएको छ । हरेक मानिसले यसरी आफ्ना अनुभव बाँड्दै जाने हो भने हाम्रो इतिहास संरक्षण गर्न मद्दत पुग्ने छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.