श्रीलङ्कामा पचास हजारभन्दा बढी डेङ्गुका बिरामी
जानकारी केन्द्र
२०८०, असार, २१
एजेन्सी । श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन्। देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो।
गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन्। यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो। स्वास्थ्य मन्त्रालयले डेङ्गुको उच्च जोखिममा रहेका ४३ वटा क्षेत्र पहिचान गरी लामखुट्टे उन्मूलन अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननलाई प्रोत्साहन गर्ने जनाउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ। श्रीलङ्कामा गत वर्ष ७६ हजारभन्दा बढी डेङ्गुबाट पीडित भएका थिए। रासस
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

