खानीमा ग्यास चुहिँदा चौविस जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, असार, २१
बोक्सबर्ग (दक्षिण अफ्रिका) । बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ ।
एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका अनुसार सिलिन्डरबाट चुहिएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हो । दुई र पाँच वर्षका बालबालिकाले पनि ज्यान गुमाएका उनले बताए । श्वासप्रश्वास प्रणालीमा नाइट्रेट ग्यासको प्रवेशसँगै उनीहरूको ज्यान गएको उनले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । घटनास्थलमा खोज तथा उद्धार जारी छ ।
प्रारम्भमा खानीमा विष्फोट भएको जानकारी प्राप्त भएपछि सुरक्षा तथा उद्धारकर्मी घटनास्थलमा पुगेका तर त्यहाँ विष्फोट नभइ ग्यास चुहिएको वास्तविकता खुलेको प्रवक्ता तलाडीले बताएका छन् । रासस
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

