एक जनाको मृत्युले खुल्छ आठ जनाको जीवनको ढोका
मकवानपुर । मानव जीवनको अन्त्यपछि परम्पराअनुसार जलाइन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनको अन्त्यसँगै जोडिएका हुन्छन् अन्य आठ जनाको जीवन बचाउन सकिने सम्भावना । जीवन दानलाई महादान मानिन्छ, आफ्नो जीवनको अन्त्य हुँदै गर्दा अन्य आठ जनालाई बचाउन सक्ने विकल्प मानिससँग हुन्छ तर यस्तो कुरा हेक्का गरिन्न ।
स्वास्थ्य विज्ञका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिको अन्य अंग दान गरेर अरूआठ जनाको जीवन बचाउन सकिन्छ । नेपालमा वार्षिक १ हजार जनाको ब्रेनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रका नेफ्रोलोजिस्ट डा. सुरेश महर्जनका अनुसार नेपालमा ब्रेन डेथ भएका व्यक्तिको अंग प्रयोग गर्न सके हजारौंलाई पुनर्जीवन दिन सकिन्छ ।
वार्षिक आठ हजार जना मिर्गौला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको श्रेष्ठको भनाइ छ । तर, जनचेतनाको कमीका कारण खेर जाने आठ हजार अंगको उपयोग गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार हालसम्म नेपालमा जम्मा पाँच जना ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको छ । अंगदानबारे नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीको भनाइ छ ।
हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मिर्गौैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको डा. श्रेष्ठले बताए । सरकारले मिर्गौैला प्रत्यारोपण र डाइलाइसिस दुवै सेवा निःशुल्क दिँदै आएको छ । राजधानी दैनिकबाट
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
