Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

एसईई पूरक परीक्षा साउन २६ र २७ गते हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, २३
एसईई पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरकं) परीक्षा साउन २६ र २७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने जनाएको छ ।

बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि परीक्षा दिने पाउने बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ।

ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ। परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्।

Top Changing Nepal

युट्युब सट्स