मोरङमा खुकुरी देखाएर लुटपाट
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा खुकुरी देखाएर शनिबार साँझ एक जना व्यक्तिमाथि लुटपाट गरिएको छ । प्रहरीका अनुसार पथरी–जाँते भित्री सडकखण्डको जंगलमा लेटाङ नगरपालिका–८ का ३७ वर्षीय ओमप्रकाश रानामगर साँझ साढे ५ बजेतिर लुटिएका हुन् ।
पथरी बजारबाट प्लम्बिङको सामान लिएर मोटरसाइकलमा घरतर्फ जाँदै गरेका मगरमाथि ५ जनाको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । रानामगरले आफ्नो साथमा रहेको ओपो मोबाइल र ४ हजार रूपैयाँ नगद लुटिएको जानकारी प्रहरीलाई गराएका थिए ।
घटनाका बारेमा प्रहरीले राति ८ बजेतिर खबर पाएको हो । घटनामा संलग्नको हालसम्म पहिचान खुलेको छैन । पक्राउ पनि परेका छैनन् । प्रहरीका अनुसार घटनामा संलग्नमध्ये ३ जनाले लुटपाट गरेको र २ जनाले ‘रेकी’ गरेको हुन सक्छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार घटनामा संलग्नको खोजी तीव्र पारिएको छ । प्राप्त सूचना र हुलियाका आधारमा सबैतिर प्रहरी परिचालन गरेर लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
अण्डाको मूल्य फेरि बढ्यो, बजारमा नयाँ दर लागु
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल

