खाल्डोमा डुबेर दाजुभाइको मृत्यु
जानकारी केन्द्र
२०८०, असार, २४
काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए।
शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो । दुईमात्र सन्तान रहेका नागेन्द्रको दुवै छोराको मृत्यु भएपछि अहिले पूरै जिङ्गडवा गाउँ शोकमा डुबेको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

