Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

तीन शीर्ष नेताको बैठकः यस कारण सहमतिबाट ‘युटर्न’ भए ओली

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, असार, २५
तीन शीर्ष नेताको बैठकः यस कारण सहमतिबाट ‘युटर्न’ भए ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरुले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेको छ ।

एमालेको अवरोधका कारण मिटरब्यज समस्या समाधान गर्नका लागि बनेको विधेयकसमेत निष्कृय भईसकेको छ । संसद्को गतिरोध अन्त्यका लागि हिजो (आईतबार) तीन दलका शीर्ष नेताहरुको बैठक बस्यो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

तीन नेताबीच प्रधानमन्त्रीले संसद्मा आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने भन्ने सहमति बन्यो । हिजो एक बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको विशेष आग्रहका तीन बजेका लागि सारिएको थियो ।

सिंहदरबारबाट बाहिरिएपछि ओलीले आफ्ना सांसदहरुलाई उक्त कुराको जानकारी गराए । जानकारीका क्रममा एमालेका सांसदहरुले प्रधानमन्त्रीको सचिवालयको विज्ञप्ति र गृहमन्त्रीको ट्वीटका बारेमा पनि ओलीलाई जानकारी गराए ।

गृहमन्त्रीको ट्वीटर प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तिको बारेमा अनविज्ञ रहेका ओलीले तत्कालै प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सचिवालय र गृहमन्त्रीले लगाएको लान्छना पनि फिर्ता लिन भने । त्यसमा प्रधानमन्त्री सहमत भएनन् । प्रधानमन्त्रीले सचिवालयको विज्ञप्ति र गृहमन्त्रीकोतर्फबाट पनि माफी माग्न पर्ने अवस्था सिर्जना भएपछि हिजोको बैठक स्थगित भएको थियो ।

‘प्रधानमन्त्रीले मलाई बोल्न पनि नदिने तपाईँहरुले भन्नुभयो । बोल्न दिउँ । चित्त बुझ्छ, बुझ्दैन हेरौं भनेपछि त्यहाँ छलफल भयो, हामीले पनि कुरा राख्यो । उहाँका कुरा यस्ता–यस्ता आएका छन् भनेपछि उहाँ (ओली) ले त्यो स्टेटमेन्ट हेर्नु भएको रहिन छ, उहाँले त्यो हेरेपछि तुरुन्तै यस्तो त भन्न नपर्ने, प्रतिपक्षलाई यसरी चार्ज गर्न पाईन्छ ? म प्रधानमन्त्रीसँग कुरा गर्छु भनेर हाम्रै अगाडि उहाँ (प्रचण्ड) लाई फोन गर्नुभयो । के भन्नुभयो भने यो वक्तव्यमा लगाएको लान्छना पनि फिर्ता लिनुस् । प्रतिपक्षलाई यसरी लान्छना लगाउनु हुन्छ भने हामीलाई स्वीकार्य छैन । यसलाई पनि तपाईँले बोल्दा सम्बोधन गर्नुस् है भन्नुभयो । प्रचण्डले मान्नुभएन त्यसपछि ब्रेक भयो,’– एमालेका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य रघु्जी पन्तले भने ।

Top Changing Nepal

युट्युब सट्स