बिरुवा लिन सर्वसाधारणको भीड
दमौली । केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ । कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो ।
बिहीबार, शुक्रबार र आइतबार कार्यालय परिसरमा नाम दर्ता गराउँदै गेको बताए । उनले भने, “कार्यालयले बिरुवा बाँड्ने सूचना गरेपछि बिहानै आएर बिरुवा लगेँ, कार्यालयबाट प्राप्त बिरुवा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्छौं ।”सर्वसाधारण मागअनुसारको बिरुवा लगिरहेका छन् । शुक्लागण्डकीदेखि आइपुगेका खानेपानीका कर्मचारी बालकुमार वाग्लेले खैरेनीटार खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्न बिरुवा ल
व्यास नगरपालिका–९ का बडहरेका सुरेश आचार्यले बाख्राका लागि डाले घाँस लिन आएको बताए । आचार्यले केही समयदेखि बाख्रापालन गर्दै आएको छ । उाले भने, “डाले घाँस लगेर आफ्नै बारीमा रोप्छु ।” कार्यालयले प्रत्येक वर्षझै यस वर्ष निःशुल्करुपमा बिरुवा वितरण सुरु गरेको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार एक लाख आठ हजार बिरुवा निःशुल्क वितरण गरिँदैछ । बिरुवा लिनका लागि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेकाले केही दिनमै सबै बिरुवा वितरण गरेर सकिने उनको भनाइ छ ।
कार्यालयमा विशेष गरी डाले घाँस र सौन्दर्यवद्र्धक बिरुवा लिन आउने सर्वसाधारण बढी रहेको उनले बताए । बिरुवा लैजानेको ठेगाना र सम्पर्क नम्बर प्रविष्ट गरेपछि मात्रै बिरुवा वितरण गरिएको छ । यसले गर्दा बिरुवाको संरक्षण भएको छ की छैन भन्ने अनुगमन गर्न सजिलो हुने उनको भनाइ छ । उनले भने, “बिरुवा लगेर मात्र हुँदैन, यसको संरक्षण मुख्य कुरा भएकाले यो विषयमा बिरुवा लैजानेलाई प्रष्ट भनेका छौ ।”
डिभिजन वन कार्यालयको नर्सरीमा मात्रै ७० हजार बिरुवा उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषक कार्यालयमा आउँछन् । पशुपालनमा सक्रिय कृषक डाले घाँसका लागि बिरुवा लिन आउने गरेको सहायक वन अधिकृत काशीराज पण्डितले बताए । कार्यालयको नर्सरीसहित सव डिभिजन ऋषिङ, विमलनगर, शुक्लागण्डकी र ब्यासमा बिरुवा उत्पादन हुन्छ ।
कार्यालयबाट तेजपात, बेल, टिमुर, अशोका, कमपुर, म्याङ्गो स्टिक, अम्बा, सीपलिगान, राजवृक्ष, पारिजात, शीतलचिनी, बडहर, इपिल, लप्सी, अमला, चाप, निमारो, कटहरे, जामुन, कल्की, हर्रो, बर्रो, सिरिष प्रजातिका बिरुवा वितरण गरिनेछ ।
कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
तनहुँ बिरुवा उत्पादनको हबको रुपमा विकास भइरहेको छ । गण्डकी प्रदेशका एघार जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गरेर पुरस्कृतसमेत भइसकेको छ । जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर छ सय १६ सामुदायिक वन र चार सय ४८५ कबुलियती वन रहेको छ ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
