बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३९ जना घाइते
जानकारी केन्द्र
२०८०, असार, २५
बैतडी । बैतडीदेखि कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
सोमबार पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडक खण्डअन्तर्गत मेलौली नगरपालिका(७ स्वाखानीमा दुर्घटनामा भएको हो।
दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २८ वर्षिय उमेश भण्डारीको मृत्यु भएको र अन्य ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
घाइतेहरू मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ।
केही घाइतेहरूको पहिचान हुन बाँकी रहेको र २२ जना घाइतेहरूलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ।
दुर्घटनाकोबारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

