विशेष महाधिवेशनका लागि हस्ताक्षर क्याम्पेन थाल्छौं : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका पाका नेता एवं सांसद अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले एक वर्षपछि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठक दिनको पनि विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको आरोप लगाएका छन् ।
‘एक वर्षमा थुप्रै घटनाक्रम भए । केन्द्रीय कार्यसमितिमा कुनै विषयमा छलफल भएन । केन्द्रीय समिति नबसे पनि कार्यसम्पादन समितिको बैठक राख्न सकिन्थ्यो । आज बस्ने बैठकको एजेन्डा मैले अहिलेसम्म प्राप्त गरेको छैन । आज पनि पूर्व पदाधिकारीका नाममा निम्ता दिने काम भयो । पूर्व र वर्तमान पदाधिकारी बैठकलाई पार्टीको विधानले चिन्दैन । पार्टी विधि, प्रक्रिया र पद्धतिले चल्नुपर्छ, केही गिरोह बसेर पार्टी चलाउन पाइन्न,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

नेता केसीले सभापति देउवा सानो समूहलाई पार्टी भन्ठानिरहेको टिप्पणी गरे । उनले भने, ‘म शेरबहादुरजीलाई निर्वाचित सभापतिको नाताले नेता मान्छु । तर पार्टीभित्र चरम नैराश्यता छ । सभापतिजी यो विषयवस्तुमा वाकीफ हुनुुहुन्छ ? उहाँले वरिपरिको सानो समूहलाई पार्टी भन्ठान्नुभयो । आफू र आफन्तको संरक्षणमा लाग्नुभयो । उहाँको कार्यशैली सुध्रिएन भने पार्टी चल्दैन । मलाई पार्टी सभापतिको मर्यादाको ख्याल छ । तर शेरबहादुरजीका गलत कुरालाई म ठीक हो भन्दिनँ ।’
नेपाली कांग्रेसलाई पुनर्जीवन दिन नीति महाधिवेशनभन्दा विशेष महाधिवेशन आवश्यक भएको केसीले औंल्याए । उनले थपे, ‘नेपाली कांग्रेसप्रति लागेका लान्छना, निराशा र नराकात्मक छविले वाक्कदिक्क भएर नयाँ नयाँ पार्टीहरु उदाएका छन् । अब नीति महाधिवेशन होइन, विशेष महाधिवेशन आवश्यक छ । त्यसमा शेरबहादुर देउवा तयार हुनुभएन भने हामी सिग्नेचर क्याम्पेनमा लाग्न तयार छौं ।’ पार्टीको रुपान्तरणका निम्ति क्रियाशील सदस्यबाट पार्टी सभापतिको चुनाव हुनुपर्ने उनले बताए ।
सम्बन्धित समाचार
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

