नेप्से साढे १२ अंकले घट्यो, तीन अर्ब ७९ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम करोबार दिन बिहीबार नेप्से परिसूचक १२.६२ अंक घटेर बन्द भएको छ । बुधबार २५.३१ अंक बढेको नेप्से परिसूचक यस दिन घटेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक ०.६० प्रतिशत घटेर २०८४.९३ विन्दुमा बन्द भएको छ ।
बुधबारको तुलनामा आज कारोबार रकम भने वृद्धि भएको छ । आज तीन अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार तीन अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यस दिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २९६ धितोपत्रको ९३ लाख ८२ हजार ४४० कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड, वाणिज्य बैक र होटेल समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
म्युचुअल फन्ड समूहको परिसूचक ०.५५ प्रतिशतले वृद्धि भएको छ भने वाणिज्य बैंक समूहको परिसूचक ०.३१ प्रतिशत र होटेल तथा पर्यटन समूहको परिसूचक ०.१९ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइसनान्स समूह रहेको छ । यो समूहको परिसूचक २ प्रतिशतले घटेको छ ।
घटेको बजारमा लगानीकर्ता ऋणपत्र र म्युचुअलमा आकर्षित भएका छन् । यस दिन सर्वाधिक मूल्य बढ्नेमा ऋणपत्र र म्युचुअल फन्ड रहेका छन् । शिवम् सिमेन्टको आज सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ३७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

