हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातिको मृत्यु, अर्काको अवस्था गम्भीर
बैतडी । बैतडीमा हजुरबुवाको कुटपिटबाट एक दुई वर्षीय नातिको मृत्यु भएको छ भने अर्का आठ बर्षीय नाती गम्भीर घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदको कुटपिटबाट २ वर्षीय रोसन साउदको मृत्यु भएको हो भने ८ वर्षीय रिजन साउद गम्भीर घाइते भएका हुन् ।
कुटपिटबाट घाइते भएका दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि उनीहरुलाई डडेल्धुरा अस्पताल ल्याएको थियो । उपचारका क्रममा २ वर्षीय रोसन साउदको डडेल्धुरा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनहोरप्रसाद भट्टले बताए ।
अर्को गम्भीर घाइते रिजनलाई राती नै धनगढी ल्याएको थियो । अहिले उनको धनगढीस्थित नवजिवन अस्पताल उपचार भइरहेको छ।
बिहीबार बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला हजुरबुबाले कुटपिट गरेका थिए । घाइते रोसन र रिजनका बुबा दिपक साउद धनगढीमा थिए। कुटपिट गर्नुको कारण भने खुलेको छैन। कुटपीट गर्ने गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

