हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातिको मृत्यु, अर्काको अवस्था गम्भीर
बैतडी । बैतडीमा हजुरबुवाको कुटपिटबाट एक दुई वर्षीय नातिको मृत्यु भएको छ भने अर्का आठ बर्षीय नाती गम्भीर घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदको कुटपिटबाट २ वर्षीय रोसन साउदको मृत्यु भएको हो भने ८ वर्षीय रिजन साउद गम्भीर घाइते भएका हुन् ।
कुटपिटबाट घाइते भएका दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि उनीहरुलाई डडेल्धुरा अस्पताल ल्याएको थियो । उपचारका क्रममा २ वर्षीय रोसन साउदको डडेल्धुरा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनहोरप्रसाद भट्टले बताए ।
अर्को गम्भीर घाइते रिजनलाई राती नै धनगढी ल्याएको थियो । अहिले उनको धनगढीस्थित नवजिवन अस्पताल उपचार भइरहेको छ।
बिहीबार बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला हजुरबुबाले कुटपिट गरेका थिए । घाइते रोसन र रिजनका बुबा दिपक साउद धनगढीमा थिए। कुटपिट गर्नुको कारण भने खुलेको छैन। कुटपीट गर्ने गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
