• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ६ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ७ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ८ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ८ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • २. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ३. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ४. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • ५. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ६. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ७. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ८. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • १०. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने

जानकारी केन्द्र २०८०, असार, २९

भक्तपुर । भक्तपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने मुख्य लक्ष्यका साथ तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज आयोजना गरिने भएको छ । आज भक्तपुरको रफत सञ्चार क्लबमा साइकल कनेक्ट संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै कार्यक्रमका संयोजक सुमित बालाले शनिबार बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबार स्क्वायरबाट साइकल यात्रा सुरु हुने बताए।

विगत तीन वर्षदेखि सफलतापूर्वक निरन्तर सञ्चालन हुँदै आएको कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा यस वर्ष छ सय साइकल यात्रीको सहभागिता रहने उनले जानकारी गराए ।संयोजक बालाले भने, “भक्तपुरका साइकलप्रेमीहरूको टोलीसहित यस संस्थाको आयोजनामा साइक्लिङ च्यालेन्ज आयोजना गर्ने भएका हौँ, भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेका हौँ, यसले अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको साइकलबाटै यात्रा गराउनेछौं, यात्राका क्रममा दुई हजार एक सय मिटर उचाइसम्म यात्रा गरिनेछ ।”

साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरु भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भङ्गाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा साँझ ७ बजे समापन गर्दै मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिने संयोजक बालाले बताए ।

भक्तपुर कोरा २०२३ नाम दिइएको, कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रुटमा साइकल यात्रा हुने जानकारी कोरा मास्टर सुनिल ख्याजुले बताए । च्यालेन्जअन्तर्गत हुने ५० किलोमिटर, ७५ किलोमिटर र एक सय किलोमिटरको च्यालेन्जमा ५०महिला सहित करिब छसय जनाको सहभागिता रहने उनले बताए ।

च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज, चितवन, नवलपरासी, बुटवललगायत सहरहरूबाट साइकलयात्रामा सहभागी हुने भएका छन् भने अमेरिका, र युरोपेली राष्ट्रका विदेशी साइकल यात्रीहरुको समेत सहभागिता रहने भएको छ । साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूले च्यालेन्जको समापनमा ५०, ७५ र एक सय किलोमिटरको च्यालेन्ज पूरा गर्ने सहभागीलाई पदक वितरण गरिने बताइन् । च्यालेन्जलाई विभिन्न व्यावसायिक एवं सामाजिक सङ्घसंस्थाले सहयोग गर्ने भएका छन् ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले साइकल यात्राले भक्तपुरको पर्यटनको विकासमा समेत ठूलो टेवा पु¥याउने बताए । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.