• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १२ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १२ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • २. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ३. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • ४. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ८. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ९. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • १०. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

आज साउने संक्रान्तिसँगै लुतो फाल्ने दिन, यस्तो रहेको छ महत्व

जानकारी केन्द्र २०८०, श्रावण, १

काठमाडौं । आज साउन १ अर्थात नेपाली गाउँ घरमा लुतो फाल्ने दिन । आजको दिनमा साउने संक्रान्ति पर्व पनि मनाइन्छ । वर्षभरका संक्रान्तिमध्ये साउन र माघ गरी दुई वटालाई महत्वका साथ लिइन्छ ।

असारभर गरिने खेतीपातिका क्रममा हिलोका कारण छालामा कुनै रोग नलागोस् भन्दै लुतो फाल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । लुतो उधुम चिलाउने चर्म रोग हो । लुतो फाल्ने चलन शहरमा भने हराउँदै गएको छ । तर पहाडी क्षेत्रमा अहिले पनि प्रचलनमा छ ।

लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर बलिरहेको अगुल्टो वारि गाउँले, पारि गाउँले लुतो लैजाऔं भनेर कराउँदै फाल्ने प्रचलन छ ।

साँझमा अगुल्टो फाल्दा त्यससँग कुरिलो, पैयाको हाँगा, तितेपाति पनि फाल्ने गरिन्छ । अनि घरको निरालमा भलायोका पात, कुस आदि राख्ने चलन कायमै छ । कतै भाण्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकरा पाइने जनविश्वास छ ।

साउन महिनाभरी अन्तन्त वर्ष हुने भएकाले यसलाई ‘पावस ऋतु’ पनि भनिन्छ, कृषि प्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलन कथन अनुसार असार महिनाभर गरिएको खेतीपातिका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन भोज खाने गर्दछन् ।

महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना हरियो चुरा र मेहन्दी लगाउँदै शिवलाई प्रसन्न पार्न सोमबारे ब्रर्त बस्ने प्रचलन समेत रहेको छ । साउने संक्रान्तिपछि नेपालमा चार्ड पर्वको लहर सुरु हुन्छ ।

पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै जान थालेको छ । पुरानो पुस्तालाई यस बारे जानकारी भए पनि नयाँ पुस्ताले यसको महत्व बुझ्न सकेका छैनन् । परम्परा अनुसार लुतो फाल्दा काग भलायो, कुकुरदाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता औषधीजन्य गुण बोकेका वनस्पति खोजिन्थ्यो ।

यसका साथै कागती, अम्बा, अनार, नसपाति आदी फलफूलसहित कण्डारक नामक राक्षसको पूँजागरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याकिन्थ्यो । तर अहिलेको पुस्ताले औषधीजन्य गुण भएका वनस्पति चिन्नै गाह्रो छ । जसले गर्दा परम्परागत संस्कृति संकटमा पर्दै गएको छ ।

वास्तवमा लुतो फाल्ने परम्परा जैविक विविधताको रक्षासँग जोडिएको छ । लुतो फाल्ने प्रचलनकै कारण ती औषधीजन्य गुण भएका वनस्पतिको संरक्षण भयो । तर जुन परम्परा र संस्कृतिको महत्व कम हुँदै गयो, ति वनस्पति पनि हराउँदै जान थाले त्यसैले लुतो फाल्ने प्रचलनलाई औषधीजन्य गुण भएका वनस्पति जोगाउने र थप वृद्धि गर्नेगरी जोड्न र महत्व बढाउन आवश्यक छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.