बन्चरेडाँडामा फोहोर विसर्जनमा फेरि अवरोध
काठमाडौँ । नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरुलाई फोहोर विर्सजनमा अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण आज बिहान फोहोर लिएर गएका गाडीहरु बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा रोकिएका छन् ।
काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग एक वर्षअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले फोहोरका गाडीलाई अवरुद्ध गरेका हुन् । स्थानीयको अवरोधका कारण बिच बाटोमै ५० वटाभन्दा बढी फोहोर बोकेका गाडी रोकिएका छन् । नुवाकोटको ककनी गाउँपालिकाले गाउँपरिषदबाट साउन १ गतेदेखि प्रत्येक फोहोरको गाडीलाई एक सयदेखि १५ सय रुपैयाँसम्म शुल्क लिने निर्णय गरेको छ । यस निर्णयविरुद्ध हाल सर्वोच्च अदालतमा रित दायर भएको छ ।
तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि जनप्रतिनिधिले पनि स्थानीयको आन्दोलनमा साथ दिएका छन् । फोहोरका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै समाधानका उपाय अवलम्बन गर्न भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएको उनीहरुको भनाइ छ ।
एक वर्ष अगाडि प्रभावित क्षेत्रका बासिन्दासंग सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले १८ बुँदे सम्झौता गरेको थियो। सम्झौतामा फोहोरलाई वर्गीकरण गरेर नकुहिने फोहोरलाई मात्र बिसर्जन गरिने, फोहोरका गाडी राति मात्र ल्याण्ड फिल साइट पठाइने, सडकमा सडक बत्ती जडान गरिने, त्यहाँका स्थानीयका लागि १० शय्याको अस्पताल बनाइदिने लगायतकको सम्झौता भएको थियो। सम्झौता कार्यान्वयन नभएपछि फोहोररहित मानव, मानवरहित फोहोरको नारा लगाएर स्थानीयले फेरि विरोध सुरु गरेका हुन्।
गत वर्ष पनि स्थानीयले फोहोर विर्सजनमा लामो समय अवरोध गर्दा ठूलो संख्यामा प्रहरी परिचालन गरी हस्तक्षेप गर्नु परेको थियो । ककनीको ओखरपौवा क्षेत्रमा अवस्थित सिसडोल ल्यान्डफिल साइट फोहोरको डंगुरले भरिँदै गएपछि हाल बन्चरेडाँडामा फोहोर विसर्जन हुँदै आएको छ । सिसडोलमा करिब दुई दशकदेखि काठमाडौंको फोहोर विसर्जन हुँदै आएको थियो ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
