• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • ६ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • ७ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ९ घण्टा 

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ३. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ४. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ५. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ६. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

  • ७. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ८. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • ९. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • १०. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

डोलेश्वरमा श्रावणी मेलाका अवसरमा दर्शनार्थीको घुइँचो

जानकारी केन्द्र २०८०, श्रावण, १

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ । आज साउन १ गतेदेखि भदौ ६ गतेसम्म चल्ने मेलामा आज स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट सुरु गरिएको कलश यात्रा उक्त मन्दिरमा आएर समापन गरेपछि मेला शुभारम्भ गरिएको थियो ।

कलश यात्रासँगै आज डोलेश्वर महादेव मन्दिरको मूलद्वार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्दै नगरपालिका क्षेत्रको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा डोलेश्वरको चर्चाले यहाँको पहिचान बढाएको बताए। उक्त द्वार निर्माणका लागि नगरपालिकाले ६८ व्यहोरेको थियो ।

उनले नगरपालिकामा रहेको शिवालयलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले शिव सर्किट निर्माण गरेकोे जानकारी दिए । नगर क्षेत्र आफैँमा एक आकर्षक पर्यटकीय क्षेत्र भएको चर्चा गर्दै नगरप्रमुख थापाले यहाँको शिवालयलाई समेटेर एकै दिनमा दसवटै वडाका शिवमन्दिर घुम्न सकिने गरी मार्ग तय गरी यसलाई शिव सर्किट नामाकरण गरिएको बताए ।

नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले यस क्षेत्रमा डोलेश्वरलगायत आशापुरी, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, नन्दिकेश्वर, लटरम्बेश्वरजस्ता प्रसिद्ध शिवालय रहेकाले नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको विकासका रूपमा अगाडि बढाएको बताइन् ।

वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिनाका साथै दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यवस्था गरिएको बताए ।

डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेला भर्न आएका दर्शनार्थीले आधा घण्टामै दर्शन गर्नेगरी व्यबस्था मिलाउन स्वयंसेवक परिचालन गरिएको जानकारी दिए।

मेला अवधिभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिँदै उनले विगत वर्षमा धर्मावलम्बीबाट सङ्कलन भएको भेटी तथा चन्दाबाट मेला खर्च कटाएर करिब ५० लाख बचत गर्दै आइएकामा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यस वर्ष भेटी तथा चन्दा गरेर एक करोड २५ लाख सङ्कलन हुने अपेक्षा गरिएको बताए ।

मन्दिरमा पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चस्नान सामग्रीका लागि एक हजार एक सयको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्नसक्ने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले बताए ।

आज दिनभरको मेलासँगै भोलि २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुबाट धार्मिक प्रवचनका साथै कलाकारबाट भजन कीर्तन गरिने भएको छ । वि. सं २०६६ भदौ ६ गते यस मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको दिनका अवसरमा त्यस दिन विशेष कार्यक्रमका साथ मेला समापन गरिनेछ ।

त्यसैगरी सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकाङ्क्षा पूरा गर्ने मन्दिरका रुपमा लिइने यस मन्दिरमा दर्शन एवं पूजा गर्न दर्शनार्थीका भीड लागेको छ । त्यसैगरी दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दीकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायत मन्दिरमा पनि मेला लगको छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन

ताजा

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.