आजदेखि मलमास अर्थात् पुरुषोत्तम मास शुरु : के गर्न हुन्छ, के गर्न हुँदैन
काठमाडौं । यस वर्ष परेको मलमास अर्थात् अधिकमास आज आज साउन २ गतेदेखि ३१ गतेसम्म चल्ने बताइएको छ ।
खासमा मलमास वा अधिकमासलाई पुरुषोत्तममास पनि भनेर भनिन्छ । यसो किन भनिएको हो भन्ने बारे पुराणहरूमा एउटा किंवदन्ती पाइन्छ । जसअनुसार, हरेक महिनालाई सबै भगवानले आ–आफ्नो अनुकूल मिलाएर स्वीकार्न थालेका भए पनि अन्तिममा अशुद्ध भनेर छाडिएको मलमासलाई कुनै पनि भगवानले स्वीकार्न नचाहेको बताइन्छ ।
यसै पनि अशुद्ध भनेर छाडिएको यो महिनाले भगवानहरूसँग विलौना गरेपछि पुरुषोत्तम अर्थात् भगवान विष्णुले सो महिनाको नाम नै आफ्नो नामबाट राखेर स्वीकार गरेको मान्यता पाइन्छ । यसैकारण मलमासमा भगवान् नारायण (विष्णु) को पूजा गरिने र महात्म्य वा कथा सुन्ने तथा दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ ।
तर अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू भने हुदैनन् । यस महिनाभर कुनै पनि विवाह, व्रतबन्धजस्ता शुभकार्य गरिँदैन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन नहुने संस्कृतिविदहरू बताउँछन् ।
वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौँ शताब्दिदेखि सोह्रौ शताब्दीसम्मका अभिलेखहरूमा आषाढमा र पौषमा मात्र अधिकमास पाइन्छ । पछि आएर भने अनादि वैदिक परम्परालाई छोडी तेह्रौँ शताब्दीको सिद्धान्तशिरोमणीको ज्योतिषफलबाट अन्य महिनाहरूमा पनि अधिकमास परेको उल्लेख गरेको पाईन्छ ।
के हो मलमास ?
सामान्यतया ३६५ दिनको वा १२ महिनाको एक वर्ष मानिन्छ । सूयको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ । चन्द्रमासमा भने एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ ।
त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा ३ वर्षमा एक महिना सौरमासभन्दा चन्द्रमास बढी हुन पुग्छ ।
ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।
मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।
हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वाभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो ।
मलमासमा गर्न हुने कार्य
वार्षिकी कार्य
दैनिक नित्य कर्म सधैँ गरेर ल्याइएका कर्महरू, जस्तोः दैनिक विहान बेलुकाको पूजा
पुरुषोत्तम पूजा कथा श्रवण
भगवान् विष्णुको स्तुति र कीर्तन
न्वारन, पास्नी
दैनिक उपभोग्य सामग्री खरिद ।
मलमासमा गर्न नहुने कार्य
श्राद्ध तथा पितृकर्म
विवाह व्रतवन्ध, चूडाकर्म
सप्ताह, नवाह, महारुद्रि, शतचण्डी
शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन, जस्तोः गृह प्रवेश, नयाँ कार्यको थालनी , यात्रा, कार्यको शुभारम्भ गर्न नहुने
विवाह गर्न नहुने, गरेमा गृह सुख हुँदैन भनिन्छ
गर्भाधान गरेमा बच्चा रोगी जन्मने हुन सक्छ
नव-विवाहित दाम्पत्तीहरू सकेसम्म मलमासमा सँगै नबस्ने ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

