बालाजुमा बाबुबाट नाबालिग छोरी बलात्कृत
जानकारी केन्द्र
२०८०, श्रावण, ३
काठमाडौं । काठमाडौंको बोहराटारमा आफ्नै बुबाले नाबालिग छोरीलाई बलात्कार गरेको खुलेको छ । काठमाडौं महानगरपालिका १६ बोहराटारस्थित डेरा बस्ने दुई छोराछोरीका बाबुले बलात्कार गरेको भन्दै आमाले जाहेरी दिएकी हुन् ।
प्रहरीको अनुसन्धान सकेर मुद्दा अदालत पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालयले हाडनाता करणीमा बाबुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
करिव ५ वर्ष पहिले श्रीमान श्रीमती छुट्टिएर बस्दै आएका थिए । तर दुई छोराछोरी भने बाबुसँगै बस्दै आएका थिए । जेठ २७ गते राति १५ वर्षीय छोरा साथीको घर गएको मौकामा रक्सी खाएर आएका बाबुले बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ ।
पीडित नाबालिगले भने यसअघि पनि आफूलाई बाबुले पटक पटक बलात्कार गरेको र यो कुरा कसैलाई नभन्न र भने ज्यान मार्ने धम्की दिएको बताएकी छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
