भारतले चामल निर्यातमा रोक लगायो,नेपालमा अभाव हुन सक्ने
एजेन्सी । आफ्नो देशमा चामलको भाउ बढ्न नदिन भारत सरकारले गैर बासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै उपभोक्ता मामिला मन्त्रालयले मुलुकबाट निर्यात हुने चामलमध्ये एक चौथाइ सेतो गैर-बासमती चामल हुने जनाएको छ । देशका धेरै ठाउँमा अविरल वर्षा र बाढीका कारण धान उत्पादनमा ठूलो नोक्सानी भएको छ । त्यही भएर प्रतिबन्ध लगाइएको हो ।
भारी वर्षा र बाढीका कारण पछिल्लो १२ महिनामा धानको मूल्य ११ प्रतिशतले बढेको छ । विज्ञहरूले यो निर्णयले ठूलो असर पार्ने र यसले विश्वभर खाद्यवस्तुको मूल्य बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । गत हप्ता मात्रै रसियाले युक्रेनसँगको अन्न सम्झौता नवीकरण नगरेपछि यस कदमले विश्वव्यापी खाद्य आपूर्ति संकट निम्त्याउन सक्ने चिन्ता बढाएको छ । यसले विश्व स्तरमा गहुँको आपूर्तिमा असर पर्ने विज्ञहरुले बताएका छन् ।
रुससँग भएको खाद्यान्न सम्झौताअनुसार युक्रेनको बन्दरगाहमा अड्किएको खाद्यान्न सुरक्षित रूपमा बाहिर निकालेर खाँचोमा परेका मुलुकमा पुर्याइएको थियो । भारत विश्वमा सबैभन्दा ठूलो चामल निर्यातकर्ता हो ।
विश्वव्यापी चामल आपूर्तिको करिब ४० प्रतिशत भारतबाट आउँछ। सेतो गैर(बासमती चामल एसिया र अफ्रिकाका देशहरूमा निर्यात गरिन्छ। गत वर्ष निर्यात घटाउने प्रयासस्वरुप सरकारले चामलमा २० प्रतिशत निर्यात कर लगाएको थियो भने गहुँ र चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
सरकारले लामो बासमती चामललगायत अन्य प्रकारका धान निर्यात गरी अन्तर्राष्ट्रिय बजारको फाइदा लिन किसानले अझै सक्षम हुने बताएको छ । वैदेशिक व्यापार महानिर्देशनालयले खाद्यान्न संकटमा परेका मुलुकमा खाद्यान्न पठाउनको लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

