भदौभित्रै चीन भ्रमणमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण चाँडै नै हुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भदौंभित्रमै प्रधानमन्त्री प्रचण्डले चीनको पनि भ्रमण गर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीको चीन भ्रमण पनि छिट्टै हुँदैछ । भदौंको पहिलो साता चीन भ्रमण हुनसक्छ रु चीनसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरा हो । भारतसँगको सम्बन्ध हाम्रो सहजीकरण हुँदै गयो । केही सुदृढ भयो । चीनसँगको सम्बन्ध पनि सुदृढ गर्नुपर्छ र विश्वासको वातावरण अझ बढाउन पर्छ भन्ने हो,’– उनले भने ।
ललिता निवास जग्गा छानविन प्रक्रियाले सत्ता शंकटमा नपर्ने उनको दाबी छ । अनुसन्धानका क्रममा उक्त प्रकरणमा जो–जो जोडिए पनि कसैले उन्मुक्ति नपाउने उनको भनाई छ । भ्रष्टाचारले व्यवस्था र परिवर्तन नै धरापमा पर्न लागेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाएको उनको दाबी छ । प्रचण्डको अहिलेको भ्रष्टाचार विरोधी अभियानमा प्रचण्डलाई साह्रा जनताको साथ रहेको उनले बताए ।
‘कारबाही गर्नु नगर्नु उहाँ (प्रचण्ड) को कुरा होईन । कानुनी प्रक्रियाको कुरा पनि हो । अनुसन्धानको प्रक्रिया जारी रहेको छ । को–को त्यसमा जोडिन्छन् । उहाँ (प्रचण्ड) यी चिजहरुलाई अगाडि बढाउने पक्षमै हुनुहुन्छ । यो कुराले सत्ता खतरामा पर्दैन । पुराना पार्टीहरुले सरकारमा जो आएको भएपनि यो काम गर्नैपथ्र्यो । परिवर्तन नै धरापमा पर्ने खतरा भइराखेको थियो । जनतामा विस्तारै निराशा बढ्दै गइराखेको थियो । यो स्थितिमा जो आएपनि गर्नैपथ्र्यो । प्रचण्डले सुरुदेखि नै संकल्प गर्नुभयो र उहाँ अगाडि बढुन्ु भयो । केही मान्छेहरुले विरोध गरेपनि आम जनताले साथ छ भनिरहेका छन्,’– उनले भने ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
