Jankari Kendra
२६ आश्विन २०८३, सोमबार

सुन प्रकरणमा घुस लिएको आरोपमा डिएसपी ठगबहादुर बर्खास्त

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, १०
सुन प्रकरणमा घुस लिएको आरोपमा डिएसपी ठगबहादुर बर्खास्त

काठमाडौं । रुपन्देहीमा बरामद सुन प्रकरणमा घुस लिएको आरोप लागेका बुटवलका तत्कालिन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट हटाइएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई सेवाबाट हटाएको हो । गृह सचिवस्तरीय निर्णयले उनलाई सेवाबाट हटाइएको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाइएको जनाइएको छ ।

प्रहरीको आन्तरिक छानबिनमा उनले प्रहरी आचरण उल्लङ्घन गरेको भेटिएपछि केही हप्ता अघि हटाउन सिफारिस गरिएको थियो । त्यही सिफारिसको आधारमा गृह मन्त्रालयले उनलाई सेवाबाट हटाएको हो ।

बुटवलमा झण्डै ३५ तोला सुन बरामद प्रकरणमा उनको नाम जोडिएपछि घरमा सिआईबीले छापामार्दा केही सुनसहित ८ लाख बढी नगद र लाखौँको चेक बरामद गरेको थियो । त्यसपछि प्रहरीले छानबिन टोली गठन गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स