एमाले संसद्को स्वीकारोक्तिः ‘३३ किलो सुन कहाँ गयो थाहा भएन’
काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले २०७४ साल माघ ९ विमानस्थलबाट भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने आजसम्म थाहा नभएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा तत्तकालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा दोषी पक्राउ परेर जेलमा भएपनि आजसम्म सुन कहाँ गयो थाहा नभएको बताएका हु्न् ।
‘आज तस्करहरुका लागि नेपाल लुटको स्वर्ग भइरहेको छ । हामीलाई लागेको थियो २०७४ साल माघको ९ गते ३३ किलो सुन नेपालमा भित्रिएको थियो भित्रिएको सुन कहाँ गयो थाहा भएन,’– उनले भने ।
३३ किलो सुन प्रकरणका दोषीलाई ओली नेतृत्वको सरकारले पक्राउ गरेर कारबाहीको दायरामा ल्याएपछि कमी आएको सुन तस्करीमा पछिल्लो एक वर्षदेखि वृद्धि भइरहेको उनले बताए । उनले पछिल्लो एक वर्षदेखि विमानस्थलभित्रको सुरक्षा व्यवस्था अत्यन्त कमजोर बनाएर क्वीन्टल, क्वीन्टल सुन देशभित्र छिराउने काम भइरहेको आरोप लगाए ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

