बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?
जानकारी केन्द्र
२०८०, श्रावण, ११
काठमाडौँ । आज सुन चाँदीको मूल्य बढेको छ । मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ।
हिजो तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि साउन ४ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । त्यतिबेला तोलामा सुन १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । आजको भाउ यो भन्दा मात्र एक सय रुपैयाँले कम हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
