अंश विवादले आफन्तबाटै ३३ वर्षीया मञ्जुको हत्या
काठमाडौं । कैलालीकी मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल, अछामको पञ्चदेवल विनायक नगरपालिका ६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई प्रहरीले पक्राउ गरेको हो ।
मृतक मञ्जुका छोरा विवेक रावलले असार १ गते आमाको खोजतलासका लागि इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । मृतक मञ्जु रावल र गोमा रावल बिच अंशको विषयलाई लिएर विवाद भईरहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जग्गाको विषयलाई लिएर मञ्जु रावलको हत्या गर्ने योजना बनाइएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् । प्रतिवादी सरिता रावलको बयान र उनले देखाएको स्थान कैलालीको मोहन्याल गाउँपालिका ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अवस्थामा मञ्जुको शव आइतबार फेला परेको थियो ।
लम्की चुहा नगरपालिका ४ भल्काकी ३३ वर्षीया मञ्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनी घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन् । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

