अंश विवादले आफन्तबाटै ३३ वर्षीया मञ्जुको हत्या
काठमाडौं । कैलालीकी मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल, अछामको पञ्चदेवल विनायक नगरपालिका ६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई प्रहरीले पक्राउ गरेको हो ।
मृतक मञ्जुका छोरा विवेक रावलले असार १ गते आमाको खोजतलासका लागि इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । मृतक मञ्जु रावल र गोमा रावल बिच अंशको विषयलाई लिएर विवाद भईरहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जग्गाको विषयलाई लिएर मञ्जु रावलको हत्या गर्ने योजना बनाइएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् । प्रतिवादी सरिता रावलको बयान र उनले देखाएको स्थान कैलालीको मोहन्याल गाउँपालिका ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अवस्थामा मञ्जुको शव आइतबार फेला परेको थियो ।
लम्की चुहा नगरपालिका ४ भल्काकी ३३ वर्षीया मञ्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनी घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन् । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
