नेपालको एक झलक “पद्म चाल” फूल ?
१. कहिले सदुपयोग गर्न थाल्छन् होला नेपालीले, यस्ता मूल्यवान जडीबुटीहरुको वा फूलहरूको वा सुन्दरताको ?
२. नेपालको जम्मा ३,००० मिटर देखि ४,००० मिटर सम्मको हिमाली भेगमा यो प्रकारका अनुपम पदम चालका विरुवाहरु प्राकृतक रूपमा आफै उम्रने, उर्कने र पुन उम्रिएका हुन्छन् ।
३. स्थानीयहरुले यसलाई विभिन्न घरेलु उपचारको रुपमा प्रयोग गर्दै, अचारको रुपमा यसको बोट पनि खाने गरिन्छ ।
४. तर जरामा धेरै औषधिय गुण हुन्छ भनेर भनिएको पाइन्छ । सोही कारण पछिल्लो समय यसलाई जडिबटी संकलन कर्ताहरुले जरा उखेलेर भारत, चीन लगायतका मुलुकमा निर्यात गर्ने गरेको भन्ने पनि समाचार लेखिएको पाइन्छ ।
५. पदमचाल विशेष गरी फिरफिरे, गोब्रे सल्ला जस्ता रुखहरुको छेउछाउमा, थुम्कामा, केही खुला ठाउँ, ढुङ्गाको अन्तर तिर पाउन सकिन्छ । यसको बिरुवा साधरणतया एक देखि दुई मिटरसम्मको अग्लो हुन्छ । यसको जरा र जमिन मुनि हुने कान्ड कसिलो र गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ ।
६. यसबाट सुगन्धित वास्ना पनि आउँछ । यसका पातहरु करीब करीब ३० सेन्टीमिटरको हुन्छन ।
७. पदमचालको फूलहरु साना तथा ठूलो ठूलो र रातो सेतो, हल्का पहेंलो रङ को पनि हुन्छ भनिन्छ । पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङ, गुल्मीमा समेत पाउने गर्छ ।
८. कब्जियत, पखला लागेको, ज्वरो आएको, शरीरमा जलन भएमा, खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ ।
९. त्यस्तै, शरीरको कुनै भाग सुन्नियेको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाइको गहुँतमा मिसाई लेपन लगाउनाले फाइदा गर्दछ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
