राजेन्द्र लिङदेनको चेतावनीः सभामुखलाई राजीनामा गराएर जेष्ठ सदस्यलाई मन्त्री बनाए एमाले र राप्रपाले पनि जेष्ठ सदस्यलाई अनुपस्थित गराउँछौं
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नदिन एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको बताए ।
उनले भने “हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ, तपाईंहरूले ज्येष्ठ सदस्यलाई मन्त्री बनाएपछि एमालेको ज्येष्ठ सदस्यले चाहिँ थपक्क मानिहाल्छ ? राप्रपाको ज्येष्ठ सदस्यले थपक्कै मानिहाल्छ ?”
लिङदेनले सभामुखलाई राजीनमा गराउर जेष्ठ सदस्यलाई मन्त्री बनाउने र सभाको सञ्चालन राप्रपा र एमालेका सांसदले गर्ने अवस्था बनाए प्रतिकार गर्ने चेतावनी दिए । उनले भने ‘नेपाली कांग्रेसले ज्येष्ठ सदस्यलाई मन्त्री बनाए नेकपा एमाले र राप्रपातर्फका ज्येष्ठ सदस्य पनि संसद्मा अनुपस्थिति हुनेछन् ’ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

