सङ्कटमा हुड्केली नाच
खलङ्गा । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुड्को बजाएर गरिने नाच लोप हुने अवस्थामा पुगेको छ । पर्व, समारोह वा महत्वपूर्ण कार्यक्रमका पुरानो इतिहास झल्काउने गौरवगाथा जोडेर हुड्के नाच्ने चलन क्रमिक रुपमा घट्न थालेको छ । हुड्केली पश्चिम नेपालमा प्रचलित दमाईँ जातिले नाच्ने र गाउने लोकनृत्य एवम् गीत हो ।
सुदूरपश्चिममा हुड्के नाच देखाउनेलाई इतिहासकार मानिन्छन् । बढ्दो आधुनिकतासँगै परम्परागत हुड्केली नाच संस्कृति ओझेल पर्दै गएको शैल्यशिखर–६ का ७१ वर्षीय वुद्ध लालसिंह खत्रीको गुनासो छ ।
हुड्के नाचका जानकार शैल्यशिखर–६ का देवराम दमाईँले नयाँ पुस्ताले नाचलाई अनुसरण नगर्दा लोप हुने अवस्थामा पुगेको बताए। विभिन्न समुदायमा पुगेर हुड्के नाच देखाएवापत राम्रै आयआर्जन हुने गरेको भए पनि नयाँ पुस्तामा यसबारे रुचि हराउँदै जान थालेपछि संस्कृति नै लोप हुने चिन्ता भएको उनको बुझाइ छ ।
“विवाह र व्रतबन्ध होस् वा अन्य कुनै पर्वमा होस् हुड्के नाच देखाइन्थ्यो, हुड्केली नाच देखाएवापत अन्न र पैसा पाइन्थ्यो”, ६९ वर्षे हेमनती दमाईँले भने, “अचेल त यो नाचको माग नै हुन छाडेको छ ।”
सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक विधा मानिने यो नाच जोगाउन नयाँ पुस्तालाई यसबारे जागरुक गराउनुपर्ने हुड्केली नाचका कलाकार महेश दमाईँको बुझाइ छ । हुड्केली नाचमा प्रायः पुराना राजा–रजौटा, वीर–वीरङ्गना र देवी देवताका जीवन गाथा गाउने गरिन्छ ।
“पछिल्लो समय त हुड्केली नाच सङ्कटमै परिसक्यो । मनमा जाँगर, सीप कला हुँदा पनि साथ दिने मान्छे छैनन्”, सुरेश दमाईँले भने, “अहिले त कतैबाट निमन्त्रणा आइहाल्यो भने पनि सहयोगी जुटाउनै धौधौ हुन्छ भएकाले पनि जान मान्दैनन् ।”
उनका अनुसार नयाँ पुस्ताले न नाच सिक्न पनि खोज्दैनन् । “मैले बुबा र बाजेबाट हुड्केली नाच सिकेको हुँ, पहिले उनीहरुसँगै गाउँ–गाउँमा पुग्थे”, हरिराम दमाईँले भने, “अचेल युवाहरुमा यसबारे चासो कम छ, मौलिक संस्कृतिको संरक्षण आवश्यक छ ।”
सम्बन्धित समाचार
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
मधेश सरकारका मन्त्री–कर्मचारीले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


