दोलखाको गौरिशंकरमा पहिरोमा परी बेपत्ता बालकको शव फेला, तीन जना अझै बेपत्ता
काठमाडौं । दोलखामा अविरल वर्षासँगै पहिरो जाँदा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।
बिहीबार साँझ बेपत्ता भएका ३ वर्षीय बालक प्रिन्स थामीको शव आज फेला परेको हो ।
जिल्लाको उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहिबार साँझ करिब ५ बजे छिमेकी वडा खारे तर्फको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाका अनुसार पहिरोबाट पहिरोले बस्तीका ५ घर पुरेको छ। पहिरोमा परेर स्थानीय ५४-५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उनकी श्रीमती देव मगर, ५३-५४ बर्षका हरिलाल श्रेष्ठ र ३ बर्षको बालक प्रिन्स थामी बेपत्ता भएका थिए ।
पहिरोमा परेर स्थानीय यज्ञ थामी,उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी गम्भीर घाईते छन् । उनिहरुलाई हेलिकप्टर मार्फत राजधानी पठाउने प्रयास भईरहेको छ । आज शव फेला परेका बालक प्रिन्स घाइते सरिताका छोरा हुन् ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
