Jankari Kendra
१७ आश्विन २०८३, शनिबार
Worldlink

रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, गैरकानुनीरूपमा रङ परिवर्तन गरेर बनाईएको थियो मोबाइल क्लिनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, २१
रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, गैरकानुनीरूपमा रङ परिवर्तन गरेर बनाईएको थियो मोबाइल क्लिनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

रास्वा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको १ सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही १७ साउनदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर, गैरकानुनीरूपमा रङ परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।

उक्त एम्बुलेन्स भारतीय दूतावासले आजभन्दा ११ वर्ष अगाडि चितवनको कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको ना २ ख ५६१९ नम्बरको सेतो रंगको एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरिएको थियो ।

Top Changing Nepal

युट्युब सट्स