माओवादीमा पदाधिकारीको जिम्मेवारी हेरफेर
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पदाधिकारीको जिम्मेवारी परिवर्तन गरेको हो ।
नयाँ जिम्मेवारी अनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनादर्न शर्मा तोकिएका छन् भने अर्का उपमहासचिव वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । त्यस्तै उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकता र समाजवादी मोर्चा,अग्निप्रसाद सापकोटाले प्रचार प्रसार विभाग प्रमुख र अर्की उपाध्यक्ष पम्फा भुसालले जनवर्गीय संगठन इन्चार्जको जिम्मेवारी पाएकी छन् ।
यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। भने सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।
यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

