संसदीय समितिको नेतृत्वमा टुंगियो भागबन्डा,रास्वपा र राप्रपा आउट
काठमाडौं । सत्तारुढ दलहरुले संसदीय समितिमा भागबन्डा टुंग्याएका छन् । आज बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा भागबन्डा मिलेको जानकारी गराएका छन् ।
प्रचण्डले पार्टीमा जानकारी गराए अनुसार प्रतिपक्षी दल नेकपा एमालेसहित ६ दलले मात्र समितिको नेतृत्व पाउने भएका छन् । प्रचण्डले जानकारी गराएअनुसार कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।
प्रचण्डले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ ।
संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्। शीर्ष नेतृत्वको बैठक मध्याह्न १२ बजे सभामुखको कार्यकक्षमा बस्नेछ ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

