चन्दननाथका मेयर भन्छन्— बालेनलाई जुम्ला र मलाई काठमाडौंमा सरुवा गरेर हेरौं न त
काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् । एक वर्षअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी कठायतले आफूलाई कांग्रेस प्यारो लागेर नै पार्टी प्रवेश गरेको बताए ।
‘कांग्रेस प्यारो लाग्थेन भने म पहिले नै माओवादी, समाजवादीको चिह्न लिएर उठिहाल्थेँ नि । मेरा साथीहरु, मित्रहरु त्यहाँ छन् भनेर नै उठेको हो । जहाँ अन्याय हुन्छ, त्यहाँ स्वतन्त्रहरु उठ्छन् । नेपाली कांग्रेस पार्टी त नराम्रो होइन, दुईचारजना व्यक्तिका कारण मैले स्वतन्त्र उठ्नुपरेको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
मेयर कठायतले आफूलाई नेपाली कांग्रेस प्रवेश गरेपछि काम गर्न अझै सहज हुने बताए । उनले थपे, ‘तीनचोटिसम्म अन्याय सहनु त्यसपछि नसहनु भन्ने बीपी कोइरालाको सिद्धान्त अनुसार म स्वतन्त्र उठें । जनताले मलाई अवसर दिए । मलाई हिजो स्वतन्त्र हुँदा पनि सहज थियो । कांग्रेस प्रवेश गरेपछि मलाई काम गर्न झन् सहज हुन्छ । तर म कसैको दबाबमा पार्टीमा फर्किएको होइन ।’
जुम्लामा आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जस्तो बन भन्नेहरु धेरै रहेको पनि कठायतले सुनाए । उनले भने, ‘मलाई धेरैले बालेन जस्तो बन् न भने । मैले के भन्ने गरेको छु भने, स्थानीय सरकारमा जनप्रतिनिधिको सरुवा हुँदैन । सरुवा गर्ने हो भने मलाई काठमाडौं पठाऊँ, बालेनलाई जुम्ला ल्याऊँ । काठमाडौंमा हजारौं जनशक्ति, खर्बौं बजेट छ । हामीसँग केही पनि छैन । अनि कसरी बालेनजस्तो बन्ने ?’
मेयर कठायतले आफू अन्तरात्मादेखि नै चन्दननाथको विकासमा लागेको पनि बताए । उनले भने, ‘कोही पैसा खाने भनेर नेता बनेका हुन्छन्, म अन्तरात्मादेखि नै केही गर्छु भन्ने नेता हुँ । देशभरिका ७५३ पालिकामध्ये चन्दननाथ उत्कृष्ट छ । ७०, ७५ प्रतिशत भ्रष्टाचार हटाउन सफल भएका छौं । जडीबुटी, पर्यटन, सरसफाइबाट चन्दननाथलाई स्वीटजरल्यान्ड बनाउन सकिन्छ भनेर लागेको छु ।’ स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर जुम्लीलाई जिल्ला फर्काउने मिसनमा आफू रहेको पनि उनले सुनाए ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

