Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

हत्या गरिएको अवस्थामा सर्लाहीमा एक युवकको टाउको फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, २५

काठमाडौं । सर्लाहीमा एक युवकको टाउको फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेही पुलमुनी हत्या गरिएको अवस्थामा युवकको टाउको फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान स्थानीयले पुलमुनि शरीरबिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ।

अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको भर्खरै हत्या भएको जस्तो देखिने प्रहरीले जनाएको छ। ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ। पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स