कक्षा १२ को नतिजा अर्को साता
काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो ।
कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी अनुसार अहिले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको उनको भनाई छ ।
उनका अनुसार परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५६ हजारभन्दा बढी परीक्षार्थीले कम नम्बर आएको विषयमा ग्रेड वृद्धि गर्न परीक्षा दिएका थिए । परीक्षा ७७ वटै जिल्लाका एक हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो ।
यता कक्षा १२ को नतिजा नआउँदै त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलिसकेको छ । त्रिविले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुलेको हो ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
