माधव नेपाल स्वदेश फिर्ता,सिआइबीले लेला त ललिता निवास प्रकरणमा बयान ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् ।
अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् ।
ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले स्वदेश फर्कन पार्टीकै नेताहरूले आग्रह गरेपछि पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल भ्रमण छोट्याएर फर्किएको पार्टी नेताहरूले जनाएका छन् ।
नेपाल आफु प्रधानमन्त्री भएको बेलामा ललिता निवासको जग्गा व्यक्तिका नाममा सार्ने कार्यमा निर्णायक भूमिकामा देखिएपछि सर्वोच्च अदालतले उनी लगायत पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमाथि छानविन गर्न आदेश दिएको छ ।
साउन २१ गते सर्वोच्चका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले पूर्व प्रधानमन्त्रीद्धय भट्टराई र नेपालमाथि छानबिन गर्न आदेश दिएको हो ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

