सप्तकोशीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च
सुनसरी । सप्तकोशी नदीमा ३४ वर्ष यताकै उच्च पानी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पूर्वी पहाडी जिल्लाहरूमा केही दिन यता निरन्तर पानी परेपछि कोसी ब्यारेजमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको हो ।
सप्तकोशी नदी स्थित कोशी नदीमा सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगेको छ । सबै ढोका खोलिएको यो इतिहासमा तेस्रोपटक हो ।पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ ।
अहिले भने पानीको मात्र घट्दै गइरहेको छ । बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सकेण्ड बगेको रेकर्ड छ । कोशी ब्यारेजमा पानीको मात्रा बढेपछि ब्यारेज हुँदै आवत जावत बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले वर्षाले आइपर्ने बाढी, पहिरो विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

