जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी
जानकारी केन्द्र
२०८०, श्रावण, ३०
काठमाडौं । पश्चिम नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका १४ आवास बस्तीमा बर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन् ।
बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आँचल लोहार, ९ वर्षीय अनु लोहार र १३ वर्षीय किसन लोहार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
बिरामी चारै जनाको सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । सोमबार साँझ जंगलबाट ल्याएको च्याउ खाएका उनीहरु मध्यरातमै बिरामी भएका थिए । उनीहरुले कुन प्रकारको च्याउ खाएका हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

