• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १२ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १३ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १३ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १५ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १७ घण्टा 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १७ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

  • २. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • ३. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ४. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ५. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • ७. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • ८. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • ९. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • १०. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख

जानकारी केन्द्र २०८०, श्रावण, ३०

भरतपुर । नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उनले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले मासिक एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

झन्डै डेढ करोडको लगानीमा पौडेलले शुभलक्ष्मी कृषि तथा पशुपक्षी फार्म सुरु गरेका थिए । विसं २०७२ देखि सुरु भएको उनको फार्ममा अहिले कुखुरा, हाँस, माछा, बाख्रा, गाईभैँसी छन् । उनको फार्ममा अहिले झन्डै पाँच हजार ब्रोइलर कुखुरा र तीन सय स्थानीय जातका कुखुरा छन् । यस्तै दुई कठ्ठामा निर्माण गरिएको पोखरीमा पौडेलले माछा पालेका छन् ।

गाईपालनबाट कृषि पेसा सुरु गरेका उनले केरासमेत व्यावसायिकरूपमा लगाएका थिए । पछि जनशक्ति अभावका कारण गाईपालन, बाख्रा र केराखेती कम गर्दै उनले कुखुरा, हाँस र माछापालनमा जोड दिए ।

कृषि पर्यटनको अवधारणास्वरुप उनले फार्म निर्माण गरेका हुन् । फार्ममा पाहुनालाई समेत ल्याउन मिल्ने गरी संरचना तयार गरिएको छ । “यहाँ आउने पर्यटकले आफैँ माछा मारेर खान पाउनुहुन्छ”, उनले भने, “लोकल कुुखुरा आफँ पकाएर खान सकिन्छ । उनको फार्म छ हजार ब्रोइलर र एक हजार लोकल कुखुरा अट्ने क्षमताको छ ।

पौडेलले माछाका लागि भुरा उत्पादन आफैँ गर्छन् । “माछामा त्यति धेरै लगानी छैन । सुरुमा लगानी भयो, अहिले नियमित प्रतिफल दिइरहेको छ”, उनले भने । माछामा लगानीको १५ प्रतिशत पनि खर्च नहुने उनको भनाइ छ । कुखुरा र गाईवस्तुले फालेका दाना माछालाई खुवाउने गरेको पौडेलले बताए । उनले वार्षिक तीन क्विन्टल माछा निकाल्ने गरेको जानकारी दिए । उनको पोखरीमा कमनग्रास र सिलर्भर जातका माछा छन् ।

पौडेलको फार्ममा जडीबुटी खेतीसमेत छ । उनले दुई हेक्टर जमिनमा हर्रो, बर्रो, अमला, टिमुर, सिल्टिमुरलगायतका जडीबुटी लगाएका छन् । उनले कबुलियत मृगस्थली वनको जमिनमा जडीबुटी खेती गरेका हुन् । यसका लागि जिल्ला वन कार्यालयले दुई लाखसमेत दिएको थियो ।

कृषि फार्ममा नियमित तलब दिएर कामदार राखिएको छैन । “सबै काम श्रीमान्–श्रीमती मिलेर गर्ने गरेका छौँ”, उनले भने, “आवश्यकतानुसार ज्यालादारी कामदार खोजेर लगाउने गरेका छौँ ।” बैंकबाट ऋण लिएर कृषि पेसामा लागेका शिवले फार्मकै आम्दानीबाट ऋण तिरेको बताए । उनले यो फार्मलाई अब कृषि पर्यटनका रूपमा विकास गर्ने लक्ष्य राखेका छन्।

अहिलेसम्म राज्यको कुनै पनि निकायबाट सहयोग नलिएको उनले बताए। “कृषि पेसा चुनौतीपूर्ण छ”, उनले भने, “कहिले के हुन्छ भन्ने ठेगान नै हुँदैन ।” कृषि पेसा आशाको पेसा भएको भन्दै उनले वातावरण, बजार र मूल्यमा भर पर्ने बताए । “ब्रोइलरको दाना र चल्लाको मूल्य कहिल्यै घट्दैन । मासुको मूल्य सधैँ तलमाथि हुन्छ”, उनले भने, “भुस किन्न पनि महँगो छ ।” किसानलाई प्राकृतिकरूपमा आउने विपत्ति र बजारीकरणको समस्या रहेको उनले बताए । उनले ठूला व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण साना किसान समस्यामा पर्ने गरेको गुनासो गरे ।

कृषि पेसाअघिका सङ्घर्ष

पौडेल रोजगारीका लागि नेपालमै केही गर्न सकिन्छ भनेर विभिन्न पेसामा लागे । उनले कुरिनटारमा चार वर्ष पुस्तक पसलसमेत सञ्चालन गरे । तर भनेजस्तो आम्दानी नभएपछि अन्य युवाजस्तै उनी विदेशिन बाध्य भए । उनी कतारमा चार वर्ष बसे। तर आम्दानी भने सोचेजस्तो हुन सकेन । कतारको मरुभूमिमा पनि हरियाली देखेका पौडेलले नेपालमा केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर घर फर्किए। उनले कृषि पेसामा प्रशस्त सम्भावना देखेर आफ्नै पुख्र्यौली जमिनमा व्यावसायिकरूपमा कृषि गर्न थाले ।

विसं २०७२ देखि फार्म दर्ता गरेर व्यवसाय थाल्नुभएका पौडेल आफ्नो कामप्रति गर्व गर्छन् । उनले छोरालाई डाक्टर र छोरीलाई नर्स पढाएका छन् भने परिवारलाई खुसीकमा साथ राखेका छन्। छोराछोरीले छात्रवृत्तिमा नाम निकालेको भन्दै उनले वार्षिकरूपमा हुने आम्दानीले आफू सन्तुष्ट रहेको बताउछन् । “कृषि पेसाले मानिसलाई सन्तुष्टि पनि दिन्छ”, उनले भने, “अग्र्यानिक खानेकुरा खान पाइने भएकाले स्वस्थ्य पनि भइन्छ ।”

उनलाई यतिबेला बजारको खासै समस्या छैन । नजिकै रहेका मुग्लिन, कुटिनटार र फिस्लिङबाट उनले उत्पादन गरेका वस्तु बिक्री हुन्छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको तालिम शिक्षालयमा पनि उनले उत्पादन गरेका वस्तु लैजाने गरिएको छ ।

सरकारले उत्पादित कृषिका सामग्रीलाई बजार व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने उनको माग छ । “सरकारले कृषिमा उत्पादन र कृषिलाई विस्तार गर्न वार्षिकरूपमा अनुदान रकम बाँड्दै आएको छ । तर कृषकसम्म अनुदान रकम पुग्दैन । वास्ताविक कृषक अनुदानबाट बञ्चित छन्”, उनले भने, “कृषकका लागि ल्याएको कृषि अनुदान किसानले पाउँदैन । यो कतिसम्म विडम्बनाको विषय हो । सरकारले कृषि पेसामा लागेका कृषकलाई उत्साह होइन, विस्थापित गर्न मात्र खोजिरहेको देखिन्छ ।”

युवालाई सुझाव

कामको खोजीमा विदेशिनेहरूलाई स्वदेशमै उद्यम गर्न उनको सुझाव छ । “विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”, उनले भने, “त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।” रोजगारीका लागि विदेशिने युवालाई विदेश जाने पैसाले यहीँ लगानी गरेर पसिना बगाए यहीँ मनग्य आम्दानी गर्न सकिने पौडेलको सुझाव छ ।

स्थानीय सरकारले पनि आफ्नो गाउँठाउँमा भएका उत्पादनको प्रवर्द्धनमा जोड दिनुपर्ने पौडेलले बताए । कृषि पेसामा आउन चाहने युवालाई बजारसँग जोडिएर काम गर्न पौडेलको सुझाव छ । “कृषि पेसामा चुनौतीका बाबजुद पनि आशाका किरण प्रशस्त छन्”, उनले भने । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

ताजा

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.