छात्रवृत्ति परीक्षामा पहिलो सूचीमा नाम भएका विद्यार्थी भर्ना हुनबाट वञ्चित
काठमाडौं । कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा थेगिनसक्नु घुइँचो थियो ।
सफ्वेयरले त्रुटि गरेका कारण भर्ना हुन योग्य विद्यार्थी भर्ना हुन नपाएका हुन् । कामपाले सोमबार पहिलो भर्ना सूची सार्वजनिक गरेको थियो । परीक्षाफल प्रकाशित भएलगत्तै कामपाले सूचना जारी गरी ‘म्याचिङ’को नतिजा चित्त नबुझे निवेदन दिन आग्रह गरेको थियो । सूचनामा सफ्टवेयरमा समस्या आएको सम्बन्धमा खुलाइएको थिएन ।
विभागले निवेदन माग गरेपछि सोमबार र मंगलबार विभागमा भीड लागेको थियो । भर्ना हुन नसकेको बारेमा बुझन अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थी स्वयं महानगरमा निवेदन दिन पुगेका थिए । कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले परीक्षाफल प्रकाशित गर्दा सामान्य समस्या भएको स्वीकार्नुभयो ।
कामपाले आइतबार परीक्षाफल प्रकाशित गरेको थियो । ‘संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयमा परेपछि समस्या आएको जिकिर गर्दै कोइरालाले भने– ‘कम्प्युटरमा सफ्वेयरले गडबडी गर्दा त्रुटि देखिएकोे हो ।’
विशेष गरी संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको नाम सामुदायिक विद्यालयको सूचीमा परेको र केहीले नतिजा चित्त नबुझेर निवेदन दिनेको भीड लागेको बताए । उनका अनुसार पहिलो सूचीमा चित्त नबुझेर निवेदन दिने विद्यार्थीको संख्या करिब ५ सयको हाराहारीमा थियो ।
विभागले जारी गरेको सूचनामा निवेदनउपर कारबाही सम्पन्न भएपछि ‘म्याचिङ’को पहिलो भर्नासूचीको अन्तिम नतिजा प्रकाशन गरिने जनाएको छ । सोमबार परीक्षाफल प्रकाशित गरेर पहिलो सूची सार्वजनिक भएपछि त्रुटि देखिएकोले पहिलो सूचनाको भर्ना भएपछि मात्र दोस्रो सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।
नाम निस्केका विद्यार्थीलाई त्रुटि सच्याएपछि मात्र भर्ना हुन जान आग्रह गरेको विभागले बुधबारबाट मात्र भर्ना हुनसक्ने जानकारी दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
