काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । भू-उपयोग नियमावली संशोधन गर्दै कित्ताकाट खुलाउने निर्णय गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद् बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । कित्ताकाट खुलाएसँगै प्लानिङ अनुमति लिएका कम्पनीले साढे २ आना मै जग्गा कित्ताकाट गर्न पाउने भएका छन् ।
आवासीय क्षेत्रमा न्यूनतम ४ आना १ दाम हुनुपर्ने व्यवस्थालाई संशोधन गर्दै जग्गा साढे २ आना क्षेत्रफलमै कित्ताकाट गर्न दिने भएको छ । व्यक्तिगत कारोबारमा भने न्यूनतम ४ आना १ दामकै प्रावधान यथावत् राखिएको छ ।
घर जग्गामा गरेको लगानी डम्प हुँदा अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । कित्ताकाट नहुँदा घरजग्गा कारोबार शिथिल आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संस्थाले कित्ताकाट खुलाउन माग गर्दै आएका थिए ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मातहत र सरोकारवाला निकायलाई परिपत्र गरी भू(उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ अनुसार जग्गाको वर्गीकरण ९कृषि क्षेत्र र गैरकृषिक्षेत्र० गरेर मात्र कित्ताकाट गर्न निर्देशन दिएपछि रोकिएको थियो ।





