नेयमारले भने : ग्लोबल स्टार बन्न साउदी आएँ
काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् ।
पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा साउदी क्लब अल हिलालमा आबद्ध भएका हुन् ।
‘मैले युरोपमा धेरै उपलब्धिसँगै विशेष समयको आनन्द लिइसकेको छु,’ साउदी आउनको कारण खुलाउँदै उनले भने, ‘तर, म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँहरूमा नयाँ चुनौती र अवसरहरूसँग आफूलाई परीक्षण गर्न चाहन्छु ।’
‘म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन्’, नेयमारले भने, ‘मैले धेरै सुनेको छु र सिकेको छु कि म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीहरूको लामो सूची पछ्याउँदै छु, त्यसैले मलाई विश्वास छ कि यो मैले रोजेको अर्काे गन्तव्य हो ।’
नेयमार पीएसजीमा नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकको योजनामा संलग्न थिएनन् ।
सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी २ सय मिलियन पाउन्डमा पीएसजीमा आबद्ध भएका नेयमार गत शनिबार फ्रेन्च लिग वानमा लोरिएन्टविरुद्ध गोलरहित बराबरी खेल्दा टोलीमा थिएनन् ।
अर्जेन्टिनी लियोनल मेस्सीले पनि क्लब छाडेपछि स्टार र उच्च पारिश्रमिक लिने खेलाडीहरूलाई अनुबन्ध नगर्ने पीएसजीको योजनालाई अर्का स्टार खेलाडी नेइमारले क्लब छाडेर सहज बनाएका हुन् ।
नेयमारले पीएसजीमा वार्षिक २५ मिलियन युरो आम्दानी गरिरहेको थिए । अब नेयमारले साउदी अरेबियामा प्रतिवर्ष १५० मिलियन युरो कमाउने छन् । अल हिलालले दिने पारिश्रमिक पीएसजीमा कमाएको भन्दा ६ गुणा बढी हो ।
अल हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै उनी एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति रहेको बताएका छन् ।
नेयमारले पीएसजीबाट १७३ खेल खेल्दा १३ ट्रफी जितेका छन् । जसमा पाँच लिग वान समावेश छन् । पीएसजीलाई २०२० को च्याम्पियन्स लिगको फाइनल पुर्याउन ब्राजिलियन स्टार नेयमारले महत्वपूर्ण भूमिका खेलेका थिए ।
साउदी क्लबमा नेयमारको आगमनसँगै आगामी केही वर्षमा साउदी प्रोलिग विश्वको शीर्ष प्रतियोगिता बन्ने बाटोलाई थप मजवुत बनाएको छ । नेयमार साउदी आउनुअघिनै करिम बेन्जेमा, एन गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने र रोबर्टो फिर्मिनो सबै साउदी अरब आइसकेका छन् ।
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल नासरमा आएसँगै साउदी प्रोलिगका चर्चा चुलिएको हो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
